Sidha Patra बिहिबार, मंसिर २५, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को दोस्रो क्वालिफायरमा लुम्बिनी लायन्स प्रवेश गरेको छ ।

गत सिजनमा लिग चरणबाटै बाहिरिएको लुम्बिनीले यसपटक भने उपाधि होडमा दौड लगाएको छ । बुधबार भएको इलिमिनेटरमा काठमान्डु गोर्खाजलाई ४ विकेटले हराउँदै लुम्बिनीले दोस्रो क्वालिफायरमा विराटनगर किङ्ससँग भेट पक्का गरेको हो ।

काठमाण्डुले दिएको ११२ रनको लक्ष्य लुम्बिनीले १७ ओभर ४ बलमा ६ विकेट गुमाएर पूरा गर्‍यो । लुम्बिनीको जितमा ओपनर डार्सी सर्टले सर्वाधिक ३३ रन बनाए । त्यस्तै दीनेश अधिकारी ४,कप्तान रोहित पौडेल १८, सन्दीप जोरा २३,निरोशन डिक्वेला १४ र दिलिप नाथ ७ रनमा आउट भए । जेजे स्मिथ ० र रुवेन ट्रम्पलम्यान ५ रनमा अविजित रहे ।

बलिङमा काठमाण्डुका सन्तोष यादवले दुई,सन्नी पटेल, शाहव आलम, कप्तान करण केसी र रसिद खानले एकएक विकेट लिए । त्यसअघि टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको काठमाण्डु १९ ओभर एक बलमा १११ रनमा अलआउट भएको थियो । काठमाण्डुका लागि सन्तोष यादवले सर्वाधिक २३ रन बनाए । जोन सिम्पसन र मोहम्मद आदिल आलम १८–१८, वेन चाल्र्सवर्थ ४, आकाश त्रिपाठी १, सन्नी पटेल ७, मिलिन्द कुमार २, भीम सार्की १४, कप्तान करण केसी ९ र रसिद खान २ रनमा आउट भए । शाहव आलम ४ रनमा अविजित रहे । बलिङमा लुम्बिनीका कप्तान रोहित पौडेल र शेर मल्लले ३–३ तथा रुवेन ट्रम्पलम्यानले दुई र अभिषेश गौतमले एक विकेट लिए ।

त्यस्तै लुम्बिनीले अब फाइनल प्रवेशका लागि विराटनगर किंग्सको सामना गर्नेछ । उक्त खेल बिहीबार दिउँसो ४ बजे हुनेछ । उक्त खेलको विजेताले उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]