
Sds
Rbs
Mbdvs
Pbu
Gmk
Anm
mbd
Ksm
gst
Gisld

Wsp
Hal
Rgu
Rsb
Bbbpu
Asm
Ssm
nsb
Rgu
Gst
Rgs
Tsm
Ggd
Ksm
Bbu
Vor
Sls
Pvg
Sbs

Rmb
Jmb
Ptm
Bml
Jmb
sab
Pls
Rpp
bbt
Syp
Abd
Mks
Gsb
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को दोस्रो क्वालिफायरमा लुम्बिनी लायन्स प्रवेश गरेको छ ।
गत सिजनमा लिग चरणबाटै बाहिरिएको लुम्बिनीले यसपटक भने उपाधि होडमा दौड लगाएको छ । बुधबार भएको इलिमिनेटरमा काठमान्डु गोर्खाजलाई ४ विकेटले हराउँदै लुम्बिनीले दोस्रो क्वालिफायरमा विराटनगर किङ्ससँग भेट पक्का गरेको हो ।
काठमाण्डुले दिएको ११२ रनको लक्ष्य लुम्बिनीले १७ ओभर ४ बलमा ६ विकेट गुमाएर पूरा गर्यो । लुम्बिनीको जितमा ओपनर डार्सी सर्टले सर्वाधिक ३३ रन बनाए । त्यस्तै दीनेश अधिकारी ४,कप्तान रोहित पौडेल १८, सन्दीप जोरा २३,निरोशन डिक्वेला १४ र दिलिप नाथ ७ रनमा आउट भए । जेजे स्मिथ ० र रुवेन ट्रम्पलम्यान ५ रनमा अविजित रहे ।
बलिङमा काठमाण्डुका सन्तोष यादवले दुई,सन्नी पटेल, शाहव आलम, कप्तान करण केसी र रसिद खानले एकएक विकेट लिए । त्यसअघि टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको काठमाण्डु १९ ओभर एक बलमा १११ रनमा अलआउट भएको थियो । काठमाण्डुका लागि सन्तोष यादवले सर्वाधिक २३ रन बनाए । जोन सिम्पसन र मोहम्मद आदिल आलम १८–१८, वेन चाल्र्सवर्थ ४, आकाश त्रिपाठी १, सन्नी पटेल ७, मिलिन्द कुमार २, भीम सार्की १४, कप्तान करण केसी ९ र रसिद खान २ रनमा आउट भए । शाहव आलम ४ रनमा अविजित रहे । बलिङमा लुम्बिनीका कप्तान रोहित पौडेल र शेर मल्लले ३–३ तथा रुवेन ट्रम्पलम्यानले दुई र अभिषेश गौतमले एक विकेट लिए ।
त्यस्तै लुम्बिनीले अब फाइनल प्रवेशका लागि विराटनगर किंग्सको सामना गर्नेछ । उक्त खेल बिहीबार दिउँसो ४ बजे हुनेछ । उक्त खेलको विजेताले उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ ।
