
Amb
Sdc
ksbus


दाङ । देउखुरी पब्लिक स्कुलको तेक्वान्दो ग्रेडिङ कार्यक्रम बुधबार सम्पन्न भएको छ । लमही नगरपालिका वडा नम्बर ६,देउपुर स्थित स्कुलमा आज एक कार्यक्रमको बीचमा ग्रेडिङ कार्यक्रम भएको हो ।
नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रमानुसार देउखुरी पब्लिक स्कुल तेक्वान्दो डोजाङमा डबल प्रमोसन सहित ४६ जना खेलाडी विद्यार्थीहरु उक्त ग्रेडिङ कार्यक्रममा ग्रेडेड हुन सफल भएका छन् ।
ग्रेडिङ कार्यक्रमको सहजीकरण स्कुलको अतिरिक्त क्रियाकलाप समितिका सदस्य तथा मा.वि.शिक्षिका तुलसी खत्रीले गर्नु भएको थियो।स्कुलमा हाल बेलुकी सत्र अन्तर्गत दुई सिफ्टमा तेक्वान्दो प्रशिक्षक कुबिर गिरीद्वारा नियमित तेक्वान्दो कक्षा सञ्चालन भइरहेको छ ।
देउखुरी पब्लिक स्कुलका डोजाङ प्रमुख कुबिर गिरीको अध्यक्षतामा सम्पन्न भएको उक्त ग्रेडिङ कार्यक्रममा स्कुलका प्रधानाध्यापक भूमाण्डप केसी, दाङ जिल्ला तेक्वान्दो संघका अध्यक्ष विष्णु अधिकारी,दाङ जिल्ला तेक्वान्दो संघका सल्लाहकार किरण पौडेल,दाङ जिल्ला तेक्वान्दो संघका सदस्यद्वय ऋषि राज चौधरी तथा बसन्ती चौधरी , प्रशिक्षक दिपक खड्का,अभिभावक,शिक्षक कर्मचारी लगायत खेलाडी विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

