
Ppu

Usb
Tsb
Hl1
Gsb
Ssb

Nps
Rgu
ptl
काठमाडौं । आज नेपाल प्रिमियर लिग अन्तर्गतको दोस्रो खेलमा काठमान्डु गोर्खाजलाई विराटनगर किङ्सले पराजित गरेको छ ।
यो जितसँगै विराटनगरले प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दै अंक तालिकामा शीर्षस्थान बनाएको छ । पहिले ब्याटिङ गर्दै काठमान्डु गोर्खाजले दिएको १३५ रनको मध्यम लक्ष्य विराटनगरले १७ दशमलव १ ओभरमा पूरा गर्दै पाँच विकेटको जित निकाल्यो ।
विराटनगरको जितमा जर्ज मुन्सीले ३६ रन बनाउँदा मार्टिन गप्टिलले २५,नरेन भट्टले २४,बसिर अहमदले १९,लोकेश बमले १४ र सन्दीप लामिछाने ९ रनमा अविजित रहे । सुभम रन्जाने पनि ६ रनमा अविजित रहे ।
काठमान्डुका लागि साहब आलमले २ विकेट लिँदा, करण केसी, जेरार्ज इरासमस र सन्तोष यादवले एक/एक विकेट लिए । त्यसअंद्धि पहिले ब्याटिङ गरेको काठमान्डुका लागि आदिल आलम अन्सारीले अविजत ४८ रन बनाएपछि ६ विकेटको क्षतिमा १३४ रनसम्मको स्कोरमा पुगेको थियो ।
त्यस्तै २५ बलमा दुई छक्का र चार चौका प्रहार गर्दै अविजित ४८ रन बनाएका हुन् । यस्तै बेन चार्ल्सवर्थले ३३ बलमा ३२ रन बनाउँदा सन्तोष यादवले २४ बलमा २६ रन बनाए । यस्तै जेरार्ड इरासमसले १० रन बनाउँदा अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
त्यसैगरी विराटनगर किङ्सका लागि मर्चेन्ड डिल्याङ्गेले २ विकेट लिँदा शुभम रनजाने, सूर्य तामाङ र सन्दीप लामिछानेले एक/एक विकेट लिए ।
