
Mbdvs
Ksm
Gisld
Pbu
gst
Sds
Anm
mbd
Gmk
Rbs

Bbu
Rgs
Vor
Hal
nsb
Sbs
Ggd
Ssm
Sls
Ksm
Gst
Bbbpu
Wsp
Tsm
Rgu
Rsb
Pvg
Rgu
Asm

Pls
bbt
Jmb
Rmb
Syp
Gsb
Rpp
Mks
Abd
sab
Ptm
Jmb
Bml
काठमाडौं । बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट पुनरागमान गर्दै सुदूरपश्चिम रोयल्सले काठमान्डु गोर्खाजलाई पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा विजयी सुरुआत गरेको हो ।
यस सिजन पहिलो खेलमै साविक विजेता जनकपुर बोल्ट्सलाई हराएर लयमा देखिएको काठमाडौंलाई दोस्रो खेलमा साविक उपविजेता सुदूरपश्चिमले २९ रनले पराजित गरेको हो । सुदूरपश्चिमको जितमा हर्मित सिंहले अलराउण्ड प्रदर्शन गरे ।
सुदूरपश्चिमले दिएको १४७ रनको लक्ष्य पछ्याएको काठमान्डु १६.५ ओभरमा सबै विकेट गुमाएर ११८ रनमा अलआउट भयो । काठमान्डुको लागि ओपार आकाश त्रिपाठीले सर्वाधिक ३४ रन बनाए । यस्तै जोन सिम्पसोनले २४, भीम शार्कीले १२ र मिलिन्द कुमारले ११ रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
त्यस्तै सुदूरपश्चिमका लागि बलिङमा स्कट कुगेलेइन, हेमन्त धामी र हर्मित सिंहले २-२ विकेट लिए । यस्तै इशान पाण्डे, नरेन साउद र अविनाश बोहराले समान एक/एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले सबै विकेट गुमाएर १४७ रन बनाएको थियो । कमजोर सुरुआत गरेको सुदूरपश्चिमले ४ रन बनाउँदा ३ विकेट गुमाएको थियो । सुदूरपश्चिमले १६ ओं ओभरमा २१ र १७औं ओभरमा २४ रन जोडेको थियो । सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह र हर्मित सिंहले महत्वपूर्ण इनिङ्स खेले । हर्मितले २० बल खेल्दै २ चौका र ६ छक्का मद्दतमा बाँकी ५३ रन बनाएका थिए ।
त्यस्तै बलिङमा काठमान्डुका करण केसीले सर्वाधिक ४ विकेट लिँदा सन्नी पटेल, मिलिन्द कुमार र रासिद खानले २-२ विकेट लिए ।अनलाइनखबर
