
Sdc
Rgp
Ksbus
Lnp
Ggp
Msbus
Asbus
Ksbus
Ggp


काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङले बुधबार बेइजिङको तियानमेन चोकमा आयोजित देशकै सबैभन्दा ठुलो सैन्य परेडमा विश्व अहिले ‘शान्ति वा युद्ध’ को विकल्पको सामना गरिरहेको चेतावनी दिएका छन् ।
त्यस्तै समारोहमा नेपालका प्रधानमन्त्री केपी शार्म ओली,रुसी राष्ट्रपति भ्लादिमिर पुटिनदेखि उत्तर कोरियाली शासक किम जोङ उन लगायत विभिन्न २६ विदेशी राष्ट्र तथा सरकार प्रमुखहरुले स्मृति समारोहमा भाग लिएका छन् ।
यस्तै सैन्य शक्ति र कूटनीतिक प्रभाव प्रदर्शनका रूपमा गरिएको ७० मिनेट लामो परेडमा क्षेप्यास्त्र, ट्याङ्क, ड्रोनलगायत अत्याधुनिक हतियार प्रदर्शन गरियो। हेलीकोप्टरले विशाल ब्यानर तानेर उड्दा लडाकु विमान आकाशमा स्वरुप बनाउँदै उडे। कार्यक्रमको अन्त्यमा ८० हजार शान्ति पारा र रङ्गिन बेलुनहरू आकाशमा छोडिएको थियो ।
त्यस्तै माओ त्से तुङले लगाउने शैलीको सुटमा देखिएका राष्ट्रपति सीले खुला गाडीमा सैनिक निरीक्षण गर्दै उपस्थित ५० हजारभन्दा बढी दर्शकलाई सम्बोधन गरेका थिए ।
