
Usb
ksb
Rgp
Lnp
Asb
lnp
Jns
Rgp
Dus
Pbu
Lks
Sgp
Rgp
Ggp
Rgp
Dbs
Ggp


दाङ । घोराहीमा मधुमेह उच्च रक्तचाप तथा जलविन्दुले आँखामा पार्ने असरको बारेमा निःशुल्क आँखा जाँच उपचार तथा परामर्श सेवा दिइएको छ ।
नेपाल नेत्रज्योति संघ,राप्ती आँखा अस्पतालको आयोजनामा घोराही आँखा उपचार केन्द्र नवलपुर घोराहीमा भएको कार्यक्रममा ९१ जनाले सेवा लिएका छन् ।
मधुमेही समाज दाङ र लायन्स क्लव अफ स्वर्गद्धारी रक्षाचौरको सहकार्यमा भएको कार्यक्रममा मधुमेह, उच्च रक्तचाप तथा जलविन्दुले आँखामा पार्ने असरका बारेमा राप्ती आँखा अस्पतालका मेडिकल डाईरेक्टर तथा जलविन्दुरोग विशेषज्ञ सह.प्रा.डा रञ्जितकुमार साहले परामर्श दिएका थिए ।जलविन्दुको मुख्य लक्षणहरु,मधुमेह,उच्च रक्तचापले आँखामा पार्ने असरहरु यसबाट बच्चने उपाय र उपचारको विषयमा जानकारी गराएका थिए ।
त्यस्तै ४२ जना पुरुष र ४९ जना महिलाहरुको आँखा चेकजाँच गरिएका मध्य १३ जना मोतियाविन्दुका विरामीहरु फेला परेको बाहय कार्यक्रम संयोजक विमल घिमिरेले जानकारी दिएका छन् । त्यस्तै ११ जना जलविन्दुका विरामी, ५ जना सुगर र अन्य चेकजाँच गरिएका मध्य केहिको आँखाको प्रर्दा सम्वन्धी समस्या भएकाले थप चेकजाँचका लागि अस्पताल रिफर गरिएको बताएको छ ।
सो असरमा ७० जनाको निःशुल्क सुगर परिक्षण गरिएको थियो । मधुमेह उच्च रक्तचाप तथा जलविन्दुले आँखामा पार्ने असरको बारेमा सचेतना दिन कार्यक्रम गरिएको हो । राप्ती आँखा अस्पतालका मेडिकल डाईरेक्टर तथा जलविन्दुरोग विशेषज्ञ सह.प्रा.डा रञ्जितकुमार साह सहितको प्राविधिक टोलिले सेवा दिएको थियो । घर आगनमै निःशुल्क सेवा पाएको भन्दै स्थानीयहरुले खुसी व्यक्त गरेका थिए ।
