
Jns
Rgp
Dus
Rgp
Rgp
Lnp
Ggp
Ggp
ksb
Sgp
lnp
Lks
Asb
Rgp
Usb

lms

दाङ । गढवा गाउँपालिकामा मुख्य कार्यालय रही गढवा,लमही र राजपुरमा सेवाकेन्द्रहरु सञ्चालन गर्दै आएको आयाम बहुउद्देश्यीय सहकारी संस्थाको एघारौं बार्षिक साधारणसभा विविध कार्यक्रमका साथ शनिवार गढवामा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष ओंम प्रकाश बसेलको अध्यक्षता र गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोखे्रलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका सचिव श्याम बहादुर चौधरीले बार्षिक कार्यक्रम र संस्थागत प्रतिवेदन तथा ब्यवस्थापक सिता नेपालीले बार्षिक बजेट तथा कार्यक्रम एवं संस्थाका कोषाध्यक्ष समिर खानले आर्थीक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी गढवा गाउँपालिकाका अध्यक्ष शर्माले सहकारीहरु नेपाल सरकारले जारी गरेको सहकारी ऐन नियमावलीलाई नमिचेर चलाउने हो भने सहकारी मार्फत् शेयर सदस्यहरुमा समृद्धि ल्याउन सकिने बताए । नियमन र अनुगमनको अभावमा कतिपय सहकारीहरुले मनपरि गर्दा आम सहकारीहरुलाई हेर्ने दृष्टिकोण फरक रहेको बताउदै सहकारी सिद्धान्त, मूल्यमान्यता र कानून बमोजिम सहकारीहरुलाई सञ्चालन गरियो भने समाजमा उदाहरणिय कार्य गर्न सकिने उनले बताए ।
कृषि तथा पशु विकास क्षेत्रमाको उत्पादनमा आधारित कार्यक्रमहरु गरेमा पालिकाको तर्फबाट साझेदारी कार्यक्रममा गर्न सकिने प्रतिवद्धता समेत उनले जाहेर गरे । बोल्दै गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीले आयाम सहकारीले सहकारी सिद्धान्त र मूल्यमान्यता अनुरुप नियम र कानून बमोजिम काम गर्दै आएकोले यस क्षेत्रको गतिलो सहकारी बन्न सफल भएको भन्दै थप प्रगतिको शुभकामना दिए ।
साधारणसभामा उत्कृष्ट ऋणि,उत्कृष्ट बचतकर्ता र उत्कृष्ट कर्मचारीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा गढवा गाउँपालिका सहकारी शाखाका प्रमुख अशोक कुमार यादव,नेपाल रेडक्रस सोसाइटी उपशाखा गढवाका सभापति उमाकान्त पन्त, वन तथा वातावरण संरक्षण समन्वय समितिका अध्यक्ष पुष्पा यादव,गढवा गाउपालिका भिटा परियोजनाका संयोजक बसन्त कुमार शर्मा,गढवा उद्योग बाणिज्य संघका प्रतिनिधी डेगमान जिसी,चुरेक्षेत्र बचत सहकारीका अध्यक्ष हेमन्त चौधरी र सहकारी सञ्जाल गढवाका सचिव दामोदर ढुंगाना लगायतले बोलेका थिए ।
गढवामा मुख्य कार्यालय रहेको यस सहकारी संस्थाले लमही,कालाकाटे र राजपुरमा सेवा केन्द्रका रुपमा शाखा कार्यालयहरु सञ्चालन गर्दै आएकोमा यसबर्ष देखि राजपुरको सेवाकेन्द्रलाई लमहीमा सञ्चालन गर्दै आएको,कूल २ हजार चौबिस जना शेयर सदस्यहरु रहेको र १२ जना कर्मचारीहरुलाई रोजगार दिएको ४ बिगाह जग्गामा कागति खेती गरेको,यसबर्ष आफ्नै जगामा कार्यालय भवन निर्माण गर्न सफल भएको र बचत तथा ऋण, पारिवारीक राहात कोष,वाल वचत,जेष्ठ नागरिक वचत र रेमिट्यान्स कारोवार संगै एम्बुलेन्स सेवा समेत सञ्चालन गर्दै आएको अध्यक्ष ओम प्रकाश बसेलले बताए । २०७२ सालमा स्थापना भै बैधानीक मान्यता प्राप्त गरेको यस संस्थाले ४ करोड ५४ लाख ६० हजार निक्षेप संकलन गरेको, ३ करोड ८८ लाख ४२ हजार ऋण लगानी गरेको,८० हजारको शेयर यसबर्ष थप गरेको र यसैबर्ष मात्र २ करोड ६१ लाख १७ हजार रेमिट कारोवार गरेको कार्यक्रममा जानकारी गराइएको हो ।
