शिबराज पन्थी/सिधा-पत्र कर्मी शनिबार, भाद्र १४, २०८२

दाङ । देउखुरीमा उद्यम विकास मार्फत समग्र देउखुरीको विकास र समृद्धिकालागि उद्यमी संगम कार्यक्रम मार्फत वहस र पैरविको सुरुवात भएको छ । देउखुरी उद्योग बाणिज्य संघको आयोजना र नेपाल अमेरिकी अल्मुनाई नेटवर्क ( ल्ग्क्ब्ल् ) को सहकार्य र प्राविधिक सहयोगमा शनिवार लमहीमा देउखुरी क्षेत्रका चारवटै पालिकाका स्थानीय सरकार र सरोकारवालाहरु विच उद्यम विकास बाट समृद्धि ल्याउन सकिने बिषयमा गहन ढंगले वहस–पैरवी गरिएको हो ।

समग्र देउखुरीमा समावेशी र दिगो उद्यमशिलता प्रवर्धन गर्ने, युवाहरुलाई वित्तिय कारोवार र रोजगारसंग जोड्ने तथा स्थानीय सरकारलाई उद्यम मैत्री निति कार्यक्रम र बजेट निर्माण गरि कार्यान्वयनमा ल्याउन घच्घचाउने उद्देश्य अनुरुप नयाँ मोडेलको कार्यक्रम दाङको लमहीमा सुरुवात गरिएको देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष कमलजंग सिंह ठकूरीले बताए ।

शनिवार लमही स्थित आश्रय होटलमा स्थानीय सरकारका निति निर्माताहरु,उद्यमी युवा तथा महिलाहरु र उद्योग ब्यवसायिहरु लगायत सरोकारवालाहरुलाई आमन्त्रण गरि देउखुरी ब्यापि छलफल गरिएको हो । छलफलमा स्थानीय उद्यमहरुको प्रवर्धन मार्फत समग्र देउखुरीको विकास र समृद्धि गर्न सकिने अवधारणा ल्याइएको छ ।

कार्यक्रमको अवधारणा अनुरुप दिगो:

उद्यमशिलताको विकास, नवप्रवर्धन मूलक सिप तथा ब्यवसायहरु प्रवर्धन मार्फत देउखुरी क्षेत्रको अर्थिक सामाजिक,शैक्षिक,भौतिक,साँस्कृतिक तथा पर्यटन विकास सम्भव भएको बताइएको छ । स्थानीय उत्पादनमा आधारित दिगो उद्यमविकास संगै युवाहरुको विदेश पलायन नियन्त्रण गर्ने,बिभिन्न रणनितिक योजनाहरु तयार गरि उद्यमीहरुको आर्थिक समुन्नतीका लागि वित्तिय क्षेत्रसंग समन्वय जोड्ने, आयआर्जन र रोजगार मूलक अवसरहरु प्रदान गर्ने, स्थानीय कृषि तथा उद्यम मार्फत तयार भएका सामाग्रीहरुको दिगो र भरपर्दो बजारिकरणका लागि सबै क्षेत्रको समन्वय सहकार्यका साथ स्थानीय सरकारले अपनत्व वोध गर्नुपर्ने लगायतका कुराहरुमा जोड दिइएको छ ।

कार्यक्रममा लमही नगरपालिका अन्तर्गत फल्कापुरमा हालै सञ्चालनमा आएको उद्योगबाट महिला उद्यमीहरुले तयार गरेका ताना कपडाहरु, गार्मेण्टका उत्पादन तथा हस्तकलाका सामाग्रीहरु राजपुर गाउँपालिकामा तयार भएका गड्णैला मल, स्थानीय बुटिक र हस्तकलाका सामाग्रीहरु, गढवा गाउँपालिकामा तयार गरिने गरेका माटोका शेरामिक भाँडाहरु तथा सिरोही प्रजातिका खसीबोका र राप्ती गाउँपालिकामा तयार गर्ने गरिएको रातो च्याउ,र वेत र वाँसबाट निर्माण गरिएका बिभिन्न समाग्रीहरुका १० बढी स्टलहरु समेत राखिएको थियो ।

त्यसैगरी प्रेणादायि उद्यमीहरुका सफलताका कथाहरु एवं अनुभव, समस्या र चुनौतीका ब्यथाहरु संगै स्थानीय सरकारका निती निर्माता उद्यममा जोडिएका नागरिकहरु, प्राबिधिक तथा उद्योगि ब्यवसायीहरु एवं लगानीकर्ताहरु विच उद्यम बिकासका सन्दर्भमा सकारात्मक बहस तथा मन्थन गरिएको थियो । देउखुरी क्षेत्रमा स्थानीय उद्यम विकासको प्रवर्धन हुन नसक्नुमा बित्तिय पहँचको कमी,स्थानीय सरकारको नितिगत प्राथकिता नहुनु र बजारिकरणको दिर्घकालिन ब्यवस्थापन नहुनु प्रमुख चुनौतिका रुपमा रहेको र यसको समाधान गर्न मिहिन ढंगले बहस,पैरवी,छलफलका साथ समुचित कार्यान्वयनको निकास आवश्यक रहेको निश्कर्ष निकालिएको छ । कार्यक्रममा देउखुरीका उद्यमीहरु रविलाल आचार्य,खगेश्वर खनाल,कृष्णी चौधरी, वालीका वली,चौकु कुमाल,बाबुराम भुसाल लगायत सात जना उद्यमीहरुले आफ्नो उद्यम ब्यवसायको सफलताका कथा र सञ्चालनमा आएका चुनौती र समस्याहरु बारेमा उद्यमी कथा सुनाएका थिए ।

देउखुरी उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष केशवराज पोखे्रलको अध्यक्षता र प्रतिनिधी सभाका सांसद मेटमणि चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै सांसद चौधरीले स्थानीय उद्यमहरु मार्फत देउखुरीलाई समृद्ध बनाउन सकिने र उत्पादनको बजारीकरणमा उद्योग बाणिज्य संघहरु र सरकारका तर्फबाट प्रसस्तै पहल गर्न सकिने बताए ।कार्यक्रममा लमही नगरपालिकाका मेयर जोगराज चौधरी,राप्ती उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष जगत पोख्रेल,माटो बिशेषज्ञ इन्द्रबहादुर वली,गोर्खा मोडेल स्कूल लमहीका प्रिन्सीपल लोकमान रिजाल, परियोजनाका सञ्चालक सदस्य प्रकाश लामीछाने, पत्रकार केपि घिमिरे र अधिबक्ता अर्णव चौधरी लगायतले स्थानीय उद्यम विकासको माध्यमबाट देउखुरीलाई थप समृद्ध बनाउन सकिनेमा जोड दिए ।

संघका उपाध्यक्ष इश्वर प्रसाद श्रेष्ठको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा नेपाल यु.एस. अल्मुनाई नेटवर्क (नुसान) को अल्मुनाई स्मल ग्रान्ट सहयोग तथा विभिन्न संघ–संस्था, उद्योग र शैक्षिक संस्थाको सहकार्य भएको कार्यक्रममा उद्यम विकासमा देखिएका चुनौती पहिचान गर्दै समाधानका उपाय खोज्ने गरि बहस बहस भएको राष्ट्रिय युवा परिषद् बोर्ड सदस्य तथा अधिवक्ता अर्णव चौधरीले बताए ।कार्यक्रमको सञ्चालन संघका महासचिव हरि थापाले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]