
ksb
Dus
Rgp
Ggp
Asb
Usb
Lnp
Sgp
Rgp
Ggp
Jns
Lks
Rgp
Rgp
lnp

lms

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनका राष्ट्रपति सी जिनपिङको मैत्रीपूर्ण निमन्त्रणामा पाँच दिने चीन भ्रमणका लागि आज बिहान प्रस्थान गरेका छन् ।
उनले चीनको तियानजिन सहरमा आयोजना हुने सांघाई सहयोग संगठन (एस.सी.ओ.) को शिखर सम्मेलनमा भाग लिनेछन् । प्रधानमन्त्रीको चीन भ्रमणलाई मन्त्रिपरिषदको शुक्रबारको बैठकले अनुमोदन गरेको हो ।
बैठकमा प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा उठाउने एजेन्डाहरुका विषयमा मन्त्रीहरुसँग छलफल गरेका थिए । सन् २००१ मा स्थापना भएको सांघाई सहयोग संगठन विश्वकै सबैभन्दा ठूला क्षेत्रीय संगठनमध्ये एक हो । यसका पूर्ण सदस्य राष्ट्रहरुमा चीन,रुस,भारत,पाकिस्तान,काजाकिस्तान, किर्गिस्तान,ताजिकिस्तान,उज्वेकिस्तान,इरान र बेलारुस छन् ।
त्यस्तै नेपाल सहित टर्की,श्रीलंका,अजरबैजान, आर्मेनिया,कम्बोडिया,इजिप्ट,कतार,साउदी अरेबिया,कुवेत,मालदिभ्स,म्यानमार,बहराइन र संयुक्त अरब इमिरेट्स यस संगठनका संवाद साझेदार (डायलॉग पार्टनर) हुन् । नेपाल सन् २०१६ देखि यसको संवाद साझेदार रहँदै आएको छ।
