
lnp
Rgp
Asb
Ggp
Sgp
Rgp
ksb
Ggp
Rgp
Usb
Dus
Rgp
Jns
Lnp
Lks

lms

दाङ । गढवा उद्योग बाणिज्य संघका अध्यक्ष ओम प्रकाश बसेलले तिज पर्वलाई माैलिकता,परम्परा जगेर्ना,संरक्षण विषयकाे हेर्नू पर्ने बताएका छन् । आज मङ्गलबार तीजको शुभकामना दिंदै अध्यक्ष बसेलले तीज नारीहरुको आस्था,विश्वास र संस्कृतिको प्रतिविम्बका रुपमा स्थापित भएको बताएका हुन् ।
अध्यक्ष बसेलले तीज पर्वले दिदीबहिनीहरु बीच आत्मीयता, सामाजिक एकता र सामूहिक उल्लासको वातावरण सिर्जना गर्दै आएको बताएका छन् । साथै नारी सशक्तिकरण,समानता र अधिकारका पक्षमा अघि बढ्न प्रेरणादायी पर्वका रूपमा पनि यसलाई लिन सकिने पनि अध्यक्ष बसेलले बताएका छन् ।
हाम्राे परम्परा संस्कृति हाे सबै मिलेर जगेर्ना गर्नुपर्दछ, आधुनिकता नभई माैलीकतामा जाेड दिनुपर्ने अध्यक्ष बसेलकाे भनाई थियाे ।
