
Sgp
Jns
Rgp
Pbu
Lks
ksb
Usb
Rgp
Ggp
Rgp
Asb
Lnp
Rgp
lnp
Dus
Dbs
Ggp


काठमाडौँ । भाद्र शुक्ल तृतीयाका दिन आज हिन्दु महिलाहरु हरितालिका तीज पर्व मनाउँदै छन्। यो दिन देवादिदेव महादेवको पूजाआराधना गरी व्रत बस्ने परम्परा रहिआएको छ।
आजको दिन पशुपतिनाथ लगायत देशभरका शिवालयहरूमा भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ । आजको विशेष दिनलाई ध्यानमा राखेर भक्तजनहरूको सहजताका लागि पशुपतिनाथका चारै ढोका बिहान ३ बजे बाटै खुल्ला गरिएको छ ।
त्यस्तै शास्त्रअनुसार भाद्र शुक्ल तृतीयामा हरितालिका व्रत लिनाले सुख,शान्ति र कल्याण प्राप्त हुने विश्वास छ। विवाहित महिलाले पतिको दीर्घायु र अविवाहित महिलाले सुयोग्य वरको कामना गर्दै यो व्रत बस्ने गर्छन्। यद्यपि शास्त्रीय मान्यताअनुसार पुरुषहरूले पनि यो व्रत लिनुपर्ने उल्लेख छ।
सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा तपस्या गरेर महादेवलाई पति पाएकी थिइन्। पिता हिमालयले विष्णुसँग पार्वतीको विवाह गराउन खोजेपछि साथीहरूले पार्वतीलाई लुकाएर सुरक्षित स्थानमा राखे। त्यही स्थानमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन् । यस दिन पार्वतीलाई साथीहरूले हरण गरेको कारण संस्कृतका ‘हरित’ (हरण) र ‘आलिका’ (साथी) शब्दबाट ‘हरितालिका’ शब्द बनेको मानिन्छ।
यो व्रत निराहार (कुनै खानेकुरा नखाई), जलाहार (जल मात्र) वा फलाहार (फलफूल) गरेर बस्न सकिन्छ। ‘सर्वतः आत्पान् गोपायेत्’ जसरी भए पनि आत्माको (स्वास्थ्यको) रक्षा गर्नुपर्छ भनिएको छ । आफ्नो स्वास्थ्यको विचार गरेर निराहारादी उक्त तिन प्रकारका व्रतमा कुन चाही व्रत बस्ता स्वास्थ्य बिग्रदैन त्यही व्रत लिन पर्दछ । आफ्नो स्वास्थ्य अनुसार यीमध्ये उपयुक्त विकल्प छनोट गर्न सकिन्छ। स्वास्थ्यको कारण निराहार बस्न जो मानिस असमर्थ छ त्यस्तो पुरुष वा महिलाले जल, सखरखण्ड, पिढालु, तरुल, केरा, आँप अम्बा, दूध हवनीय वस्तु, खानुहुन्छ भने गुरुको बचनद्वारा अनुमोदित वस्तुको सेवन गर्न सकिन्छ ।
स्कन्धपुराणअनुसार औषधि सेवन गर्दा व्रत भङ्ग नहुने उल्लेख छ । धार्मिक विश्वासअनुसार आजको दिन व्रत बस्ने र शिव–पार्वतीको पूजा गर्ने व्यक्तिको मनोकामना पूरा हुने मान्यता रहेकोे छ ।रातोपाटी
