तुलबहादुर कवँर मगर/राप्ती गाउँपालिका सोमबार, भाद्र ०९, २०८२

दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ कालापानीस्थित राप्ती आधारभूत अस्पतालको नयाँ मेडिकल सुपरिटेण्डेन्ट (मेसु) मा एमडिजिपी डा.हरि पाण्डे नियुक्त हुनु भएको छ ।

अस्पताल विकास समितिको बैठकले सिनियरताको आधारमा नबौ‌ं तहका डा. पाण्डेलाई मेसुमा नियुक्त गर्ने निर्णय गरेको हो। यसअघि सो अस्पतालका मेसु आठौं तहका डा. श्रवण चौधरी रहेका थिए ।

राप्ती गाउँपालिकाका अध्यक्ष तथा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश बिष्टले डा. पाण्डेलाई नियुक्ति पत्र प्रदान गर्दै उनको कार्यकालमा अस्पतालले सेवा गुणस्तरमा थप सुधार गर्ने अपेक्षा व्यक्त गरे । त्यस्तै उनले स्थानीय तहको प्राथमिकता स्वास्थ्य क्षेत्र भएकाले गाउँपालिकाले आवश्यक सहयोग गर्ने बताए ।

त्यस्तै, नवनियुक्त मेसु डा. हरि पाण्डेले आफ्नो कार्यकालमा अस्पतालको जनशक्ति र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन ध्यान दिने बताए । उनले जनताले नजिकबाट सहज र गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण निर्माण गर्न सबैसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]