तुलबहादुर कवँर मगर/राप्ती गाउँपालिका आइतबार, भाद्र ०८, २०८२

दाङ । देउखुरीको राप्ती गाउँपालिकामा खाली जग्गा उपयोग गरि कृषकलाई आत्मनिर्भर बनाउन सामूहिक सखरखण्ड खेती सुरु गरिएको छ ।

गाउँपालिकाको वडा नम्बर २ कठाहा क्षेत्रमा करिब दुई बिघा नदी उकास जमिनमा प्रगतिशील कृषक समूह र कठाहा गाउँ भूमि अधिकार मञ्चले वडा अध्यक्ष पहलवान चौधरीको पहलमा सामूहिक खेती थालेका हुन् । खाली रहेको जमिनलाई उपयोग गर्दै कृषकलाई सामूहिक खेतीतर्फ प्रोत्साहित गर्ने र आर्थिक रुपमा आत्मनिर्भर बनाउने उद्देश्यले गरिएको उक्त कार्यमा आवश्यक बेर्ना, कृषि औजारकाे भाडा तथा प्राविधिक सहयोग गाउँपालिकाको साझेदार संस्था सामुदायिक आत्मनिर्भर सेवा केन्द्र (सिएसआरसी)ले उपलब्ध गराएको छ । हाल श्रमदानमार्फत बिरुवा रोप्ने काम भइरहेको वडा अध्यक्ष चौधरीले बताए ।

यसैबीच आइतबार लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगर, राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्ट र पालिकाका प्रवक्ता तथा वडा नं. २ का अध्यक्ष पहलवान चौधरी लगायतका जनप्रतिनिधिहरुले श्रमदान कार्यमा सहभागी भई कृषकहरुसँगै काम गरेका थिए । श्रमदानका क्रममा सभामुख घर्तीले कृषकको आयआर्जन बढाउन यस्ता सामूहिक पहल अत्यन्तै महत्वपूर्ण हुने बताए । उनले नेपालजस्तो कृषि सम्भावना भएका मुलुकमा अझै उत्पादन र बजार व्यवस्थापनमा चुनौती रहेकाले सामूहिक खेतीले कृषकलाई संगठित मात्र नभई उत्पादनलाई बजारसम्म पुर्‍याउन सहज बनाउने विश्वास व्यक्त गरे ।

त्यस्तै,गाउँपालिका अध्यक्ष प्रकाश बिष्टले कृषक आत्मनिर्भर बनाउन दीर्घकालीन योजना अघि सारिएको बताउँदै उत्पादन मात्र नभई बजारसम्म पुर्‍याएर उचित मूल्य दिलाउनु अहिलेको आवश्यकता भएको औंल्याए । उनले उत्पादन प्रवर्द्धन र बजार व्यवस्थापनमा पालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए ।

सामुदायिक आत्मनिर्भर सेवा केन्द्रकी कृषि प्राविधिक सीता कुमारी चौधरीले सो क्षेत्रको माटो सखरखण्ड खेतीका लागि उपयुक्त रहेको बताउँदै प्रति कठ्ठामा पाँचदेखि छ क्विन्टलसम्म उत्पादन लिने लक्ष्य राखिएको जानकारी दिए । उनका अनुसार उत्पादन भएको सखरखण्डलाई सामूहिक रुपमा नजिकैको हाटबजारमा बिक्री गरिने र आवश्यकता अनुसार जिल्ला बाहिर समेत पुर्‍याउने व्यवस्था मिलाइनेछ । साथै,आउँदो माघदेखि सो क्षेत्रमा खरबुजा खेती गरिने र त्यसको लागि जग्गाको क्षेत्रफल विस्तार गर्ने योजना रहेको वडा अध्यक्ष चौधरीले जानकारी दिए ।

यसअघि सो क्षेत्रमा गाउँपालिकाले पालिकालाई फलफुलमा आत्मनिर्भर बनाउने र विपन्न नागरिकलाई रोजगारीसँग जोड्ने उद्देश्यले २० हेक्टरभन्दा बढी क्षेत्रमा सामूहिक रुपमा विभिन्न प्रकारका फलफूलका बिरुवा रोपेको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]