शिवु खनाल आइतबार, भाद्र ०८, २०८२

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ७ भैसाहीनाकामा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।

आइतवार विहान आज चारबजे बिरबहादुर खड्काको घरमा आगलागी हुदाँ पूर्णरुपमा क्षती भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख डबल बहादुर बमले जानकारी दिए ।

उनका अनुसार घरमा मक्षर धपाउन टोकरीमा धुप धुवा गराउन राखेको आगो खामा सल्किएर खड्काको कच्चि घरमा आगलागी हुदाँ घरमा क्षति भएको र घरभित्र रहेका पन्ध्रवटा बाख्रा र एकवटा गाई जलेर नष्ट भएको हो । उनले आगो निभाउने प्रयास हुँदा हुँदै घर पूर्ण रुपमा जलेको बताए ।

त्यस्तै आगलागीबाट घर, १५ वटा बाख्रा, गाई, लत्ताकपडा, अन्नपात सबै जलेर नष्ट भएको पीडितको भनाइ छ । आगलागीबाट क्षति पुगेको परिवारलाई सुरक्षित स्थानमा सार्ने र तत्काल खाद्यान्न सामग्री वितरण गर्ने काम भएको राजपुर गाउँपालिका कार्यपालिका सदस्य सन्देश विकले बताए । स्थानीय जनप्रतिनिधि,जनपथ प्रहरी र सशत्र प्रहरीसहित स्थानीय बासिन्दाले आगो नियन्त्रणमा ल्याएका थिए ।

आगलागीपछि परिवार खुला आकाशमुनि बास

राजपुर गाउँपालिका वडा नम्बर ७ भैसाहीनाका स्थित कच्चि घरमा आगलागी हुदाँ तिनजना परिवारको बिचल्ली भएको छ । आगलागीबाट तीन परिवारको बास नै गुमेपछि बिचल्ली भएको हो । सुक्खा मौसम सुरु भएसँगै भारतसंग सीमा नाका जोडिएको दाङको सीमावर्ती क्षेत्रमा दैनिक आगलागीका घटना वृद्धि हुने गर्छन् । आगोको प्रयोग तथा विद्युतीय उपकरण लगाएका सामानको प्रयोगमा ध्यान दिन प्रहरीले आग्रह गरेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]