
ksb
Asb
Rgp
Ggp
Sgp
lnp
Rgp
Lks
Usb
Jns
Rgp
Lnp
Pbu
Dus
Rgp
Dbs
Ggp


काठमाडौं । विभिन्न माग गर्दै उखु किसानहरुले काठमाडौंको माइती घरमा केन्द्रित प्रदर्शन थालेका छन् ।
सरकारले बजेट अभाव देखाउँदै किसानलाई दिँदै आएको अनुदान रकम प्रतिक्विन्टल ७० रुपैयाँबाट आधा घटाएर ३५ रुपैयाँमा झार्ने निर्णय गरेपछि किसानहरुले काठमाडौंको माइत घर केन्द्रित आन्दोलन थालेका हुन्।
त्यस्तै उखु उत्पादक महासंघ नेपालले गत आ.व. ०८१/०८२ को उखुको वक्यौता अनुदान रकम प्रति क्वीन्टल ७० का दरले भुक्तानी गर्नेपर्ने, मूल्य निर्धारण गर्दा कृषकलाई सहभागी गराउनुपर्ने, उखुकाे अनुदान भुक्तानी गर्नुपर्ने, उखुमा लगाएकाे भ्याट खारेज गर्नुपर्नेलगायतका माग गर्दै आजदेखि माइतीघरमा आन्दोलन सुरु गरेको छ । किसानहरु उखु नै बोकेर सडकमा धर्ना बसेका छन्।
त्यस्तै आफ्ना माग सम्बोधन नभएसम्म माइतीघर मण्डलामा धर्ना र विरोध कार्यक्रम जारी राख्ने उनीहरुको भनाइ छ । अनुदान निरन्तरताको माग गर्दै १३ जिल्लाका अगुवा किसानहरू माइतीघर मण्डलामा भेला भएका छन् । यस्तै सरकारले बजेट अभाव भएको र स्रोत जुटाउन नसकिएको भन्दै किसानलाई प्रतिक्विन्टल उखुमा दिँदै आएको ७० रुपैयाँ बराबर अनुदान आधा घटाएर ३५ रुपैयाँमा झारेको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखु किसानलाई गत वर्ष दिएकै सरह प्रतिक्विन्टल अनुदान ७० रुपैयाँ तोकेर मन्त्रिपरिषदमा प्रस्ताव पठाएको थियो। तर,मन्त्रिपरिषद्ले उक्त प्रस्ताव अनुमोदन नगरेर किसानको अनुदान कटौती गरी ३५ रुपैयाँ दिने प्रस्ताव स्वीकृत गरेको थियो ।
सरकारले अनुदान कटौतीको रकम मान्य नहुने भन्दै किसानले आपत्ति जनाउँदै आएका थिए । आर्थिक वर्ष २०८१/८२ मा देशका १३ वटा चिनी मिलमा किसानहरूले २ करोड १५ लाख क्विन्टल उखु बिक्री गरेका थिए । यसअनुसार सरकारले किसानलाई करिब १ अर्ब ६० करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ।
