
Rgp
Rgp
Dbs
ksb
Sgp
Rgp
Pbu
Dus
Ggp
Usb
Asb
Lnp
Ggp
lnp
Jns
Rgp
Lks


दाङ । विहिवार देउखुरीको गढवा ५ कक्रहवामा आयोजित तिजगित प्रतियोगितामा चाडपर्वहरु तडक–भडक गरेर मनाउने संस्कारका कारण तिज पर्वको मौलिक संस्कृति हराउदै गएको भन्दै चिन्ता ब्यक्त गरिएको छ ।
दक्षिण देउखुरी अधिकार मञ्चद्वारा सञ्चालित प्रगति,उपकार र चौतारी समूहले संयुक्त रुपमा आयोजना गरेको तिज मिलन, पोषण र अट्वारी कार्यक्रमका बक्ताहरु संग प्रतियोगितामा भाग लिने महिला समूहहरुले समेत चाडपर्वहरुको मौलिकता हराउदैगर्दा तडक–भडक बढ्दै गएको भन्दै चिन्ता ब्यक्त गरेका हुन् ।
मौलिकता हराउदै गैरहेको अवस्थामा मौलिक रचनाका गित गाएर महिलाहरु यसरी रमाए–होटल र रेष्टुराँमा दरखाने चलन, गाउँघरमा यस्तो चलन अब फालन । आफ्नो शक्ति गच्छे हेरी चाडपर्व मनाउँ,तिजलाई तडक–भडक हामी नबनाउँ ।।मौलिकता हराएर जानै थालेको अवस्थामा यसलाई जोड दिदै आफै रचना गरेका मौलिक गितहरु गाएर शान्ती सुधार समूहका महिलाहरु यसरी रमाए–लिनआए माइतबाट जाने भए जाउन त–बुढेसकालका बाऊ आमालाई भेटि आउन त ।
बाबा आमा खुसी भए माइत छोरी देखेर–खुसीलाग्यो दिदी बहिनी सबलाई भेटेर ।।
गाउँघरमा साउन महिना सुरु भएसंगै तिजको रन्को सुरु हुन्थ्यो, महिलाहरु साँझमा गाउँमै जुटेर मौलिक गितहरु गाएर मनको वह पोख्थे । अहिले तिज पर्वको पुरानो मौलिकता हराएर गएको छ । मोवाइल, टिभी र डेक बजाएर नाच्ने चलन आएको छ । मौलि परम्परा त शुन्यप्रायः भएको छ, यसलाई संरक्षण र बिकास गर्नुपर्छ–गढवा गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष लेखराज थापाले भने ।
मौलिक परम्परा अनुसार बर्षदिनको तिजमा एक जोडि नयाँ कपडा फेर्ने र तिजको अघिल्लो दिन मात्र माईतिमा चेलिबेटी जुटेर दरखाने चलन हुन्थ्यो । अहिले असार देखि नै होटल रेष्टुरेण्टमा गएर दर खाने, महंगा साडी र गरगहना देखाउने चलन आयो । यो प्रचलन ठिक होइन–गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीले भनिन् ।
चाडपर्व मनाउने नाममा बिकृति विसंगति मौलायो । तडक–भडक गरि चाडपर्व मनाउने प्रचलनलाई न्यूनिकरण गर्न महिला दिदीबहिनीहरुलाई एकै ठाउँमा भेला गरि दर खुवाउने र मौलिकतामा आधारित तिजगित प्रतियोगिता राख्ने गरिएको आयोजक संस्था दक्षिण देउखुरी अधिकार मञ्चका अध्यक्ष देवराज कुँवरले बताए ।
प्रगति समूहका अध्यक्ष सिता शर्माको अध्यक्षता र गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा चौधरीको प्रमुख आतिथ्यमा गरिएको तिजगित प्रतियोगितामा गढवा गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष लेखराज थापा, ताम्सालिङ बिकाश केन्द्रका सुशांक आचार्य, दक्षिण देउखुरी अधिकार मञ्चका अध्यक्ष देवराज कुँवर, समाजव परिवर्तन मूल समूह गोबरडिहाका अध्यक्ष शोभा रावत, पत्रकारहरु शिबराज पन्थी, दुखहरण यादव र दियालो मूल समितिका अध्यक्ष चित्रबहादुर खड्का लगायतले बोलेका थिए । कार्यक्रमलाई गढवा गाउँपालिका वडा नम्बर ५ ले प्रायोजन गरेको थियो भने हातेमालो मूल समितिले ब्यवस्थापन गरेको थियो ।
मौलिक गित नृत्य प्रतियोगितामा शान्ति सुधार समूह गढवा ७ प्रथम, चौतारी समूह गढवा ५ सिमलतारा द्धितिय, जनप्रगति समूह गढवा ४ बुटेनी तृतिय र उपकार समूह कक्रहवाले सान्त्वना स्थान हाँसिल गरि पुरस्कार र प्रमाणपत्र प्राप्तगर्न सफल भएका थिए । संस्थाका सचिव शोभा रावतको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण कविता सुवेदीले गरेकी थिइन् ।

