
Pbu
mbd
Sds
Gisld
Rbs
Mbdvs

Gst
Ssm
Rgu
Sls
Ksm
Asm
Rgs
Sbs
Rsb
Pvg
Rgu
nsb
Vor
Bbbpu
Bbu
Tsm
Ggd
Wsp
Hal

Mks
Gsb
sab
Jmb
Rpp
Bml
Pls
Abd
Rmb
Ptm
Syp
Jmb
bbt
काठमाडौं । सरकारले आगामी वैशाख १७ गते ४० जिल्लामा र २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको छ । प्रतिनिधिसभा विघटन गर्दै सरकारले यस अघि नै वैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचन गर्ने निर्णय गरेको थियो ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख १७ गते कर्णाली,लुम्बिनी र प्रदेश २ का ४० जिल्लामा पहिलो चरणमा निर्वाचन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिनु भयो । ती मन्त्रीका अनुसार वैशाख २७ गते दोस्रो चरणमा सुदूरपश्चिम,बागमती र प्रदेश १ का ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको बताउनु भयो ।
त्यस्तै आफूलाई पार्टी भित्रैबाट काम गर्न नदिइएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गर्दै ताजा जनादेशका लागि वैशाख १७ र २७ गते निर्वाचन गर्न सिफारिस गर्नु भएको थियो । सो सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले उसैदिन सदर गरिदिनु भएको थियो ।
यस्तै त्यसविरुद्ध परेका एक दर्जन बढी रिटमाथि सर्वोच्च अदालतमा बहस हुँदै आएको छ । संसद विघटनको निर्णयलगत्तै दुई खेमामा विभाजित नेकपाको आधिकारिकताको विवाद पनि निर्वाचन आयोगले टुंगो लगाउन सकेको छैन ।
