
Gsbr-6
jsbr-3
Pbu
Usbl-7
Jsbg-7
Rksr-7
ksbl-7
Csbg-7
Gsbg-3
Msbg-2


दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशलाई सबैखाले विपदबाट सुरक्षित बनाउने गरी सरकारले विपद प्रतिकार्यको योजनालाई पहिलो प्राथमिकतामा राखेको जानकारी दिएका छन् ।
मुख्यमन्त्री आचार्यले भूकम्प,बाढी,पहिरो,आगलागी, चट्याङ,सवारी दुर्घटना लगायतका विपदबाट प्रदेशलाई सुरक्षित बनाउने रणनीतिअन्तर्गत सरकार योजनाबद्ध रूपमा अघि बढिरहेको बताए ।
नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशको छैटौं वार्षिक साधारणसभाको शनिबार बुटवलमा उद्घाटन कार्यक्रममा बोल्नुहुँदै मुख्यमन्त्री आचार्यले समाजसेवाको भावना हराउँदै जाँदा मानवीय सेवा समेत कमजोर बन्ने जोखिम रहेको उल्लेख गरे । उनले हराउँदै जान थालेको समाजसेवाको भावनालाई पुनः जागृत गर्न अभियान केन्द्रित गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
त्यस्तै मुख्यमन्त्री आचार्यले रेडक्रस अभियानलाई अझ व्यापक बनाउँदै समाज सेवाको भावना पुनःस्थापित गर्न जोड दिए । साथै,विद्यालय –केन्द्रित कार्यक्रम सञ्चालन गरेर अभियानलाई जनस्तरसम्म पुर्याउनुपर्नेमा पनि उनले आह्वान गरे ।
