Sidha Patra बुधबार, जेठ १४, २०८२

काठमाडौँ । भारतभर कोरोना भाइरसको सक्रिय सङ्क्रमितको सङ्ख्या अहिलेसम्म १ हजार ८३ पुगेको छ । केरलामा सबैभन्दा बढी ४ सय ३० जना कोरोना बिरामी फेला परेका छन् ।

त्यस्तै मंगलबार कर्नाटकमा ३६, गुजरातमा १७, बिहारमा ५ र हरियाणामा ३ जना नयाँ सङ्क्रमित भेटिएका छन् । गुजरातमा १३ जना बिरामी निको भएका छन् । उत्तर–पूर्वमा पनि कोरोनाका बिरामीहरू थपिन थालेका छन् । मंगलबार अरुणाचल प्रदेशमा २ जना महिलामा कोरोना पोजिटिभ पाइएको थियो । तीमध्ये एक जनालाई ज्वरो र हल्का खोकी लागेको छ भने अर्की महिलामा कुनै लक्षण देखिएको छैन ।

यस्तै मंगलबार उत्तर प्रदेशको फिरोजाबादमा ७८ वर्षीय सङ्क्रमित वृद्धको उपचारको क्रममा मृत्यु भयो । राज्यमा कोभिडको नयाँ भेरियन्टबाट भएको यो पहिलो मृत्यु हो । यसबाहेक, महाराष्ट्र, राजस्थान, पश्चिम बङ्गाल, कर्नाटक र मध्य प्रदेशमा कुल ११ जना बिरामीको मृत्यु भएको छ । कुल मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ ।

त्यस्तै प्रधानमन्त्री नरेन्द्र मोदीको मे २९–३० मा बिहार भ्रमणमा जादैछन् । यसलाई ध्यानमा राखेर राज्यको स्वास्थ्य विभाग सतर्क बनेको छ । प्रधानमन्त्रीको १०० मिटर भित्र बस्ने सबैको कोरोना परीक्षण गर्न निर्देशन दिइएको छ । भारतका धेरै राज्यहरुमा कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या वृद्धि भइरहेको छ । यसैबिच देशमा चार नयाँ भेरियन्टहरू फेला परेका छन् । दक्षिण र पश्चिम भारतबाट क्रमबद्ध गरिएका भेरियन्टहरू एलएफ.७, एक्सएफजी, जेएन.१ र एनबी.१.८.१ शृङ्खलाका हुन् । अन्य ठाउँहरूबाट नमुनाहरू लिइँदै छन् ।

यस्तै नयाँ भेरियन्टहरूको अनुसन्धान गर्न सकियोस् भनेर अनुक्रमण गरिँदै छ । केसहरू धेरै गम्भीर छैनन् र मानिसहरूले चिन्ता गर्नु नपर्ने भनिएको छ । विश्व स्वास्थ्य सङ्गठनले पनि यिनीहरूलाई चिन्ताजनक ठानेको छैन । यद्यपि, यसलाई निगरानीमा राखिएको भेरियन्टको रूपमा वर्गीकृत गरिएको छ । चीन लगायत अन्य एसियाली देशहरूमा कोभिडको बढ्दो केसहरुमा यो भेरियन्ट देखिन्छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]