
Dbs
Ggp
lnp
Dus
Asb
Lnp
Rgp
Ggp
Rgp
Usb
ksb
Pbu
Lks
Rgp
Jns
Sgp
Rgp


धनगढी । चेक अनादर र वन मुद्दामा फरार कैलालीका ३ जना व्यक्ति पक्राउ परेका छन् । वन मुद्दामा ३३ हजार २६० जरिवाना तोकिएको कैलारी गाउँपालिका वडा नम्बर ९,बस्ने २३ वर्षीय मुक्तीराम चौधरी पक्राउ परेका हुन् ।
त्यस्तै चेक अनादर मुद्दामा १ हजार जरिवाना तोकिएको टीकापुर नगरपालिका-१,ब्लक ‘बि’ बस्ने ४१ वर्षीय दिलिपब हादुर रावल र सोही मुद्दामा १ हजार जरिवाना तोकीएको टीकापुर नगरपालिका-६, बस्ने ३५ वर्षीय महेश बिश्वकर्मा पक्राउ परेका छन्।
जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले जरिवाना ठहर भई फरार रहेका तीनै जनालाई बुधवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
