
ksb
Dus
Ggp
Rgp
Lks
lnp
Asb
Rgp
Dbs
Rgp
Jns
Sgp
Usb
Ggp
Rgp
Pbu
Lnp


दाङ । देउखुरीको राप्ती गाउँपालिकाले महिलाहरुलाई उद्यमशील बनाउन अचार बनाउने १० दिने तालिम प्रदान गरेको छ।
‘राप्ती गाउँपालिकाको आर्थिक समृद्धिको आधार, लघु उद्यममार्फत रोजगार’ भन्ने नारासहित महिला उद्यमी व्यवसाय प्रोत्साहन कार्यक्रम अन्तर्गत उक्त तालिम प्रदान गरिएको हो ।
सिसहनियाँमा सञ्चालन भएको तालिमको राप्ती गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष देवप्रसाद चौधरीको अध्यक्षता तथा गाउँपालिकाकी उपाध्यक्ष कमलापती चौधरीको प्रमुख आतिथ्यमा मंगलबार समापन गरिएको हो ।
कार्यक्रममा बोल्दै उपाध्यक्ष चौधरीले महिलाहरुलाई आत्मनिर्भर बनाउन गाउँपालिकाले सञ्चालन गरेका सीपमूलक तालिमहरुमा गरिएको लगानी खेर जान नदिई प्राप्त ज्ञानलाई व्यवसायमा रूपान्तरण गर्न आग्रह गरिन् । उनले यस्ता तालिमहरुले महिलाहरुको आत्मबल अभिवृद्धि गर्दै घरमै बसेर आम्दानी गर्ने अवसर सृजना गर्ने विश्वास व्यक्त गरिन् । त्यस्तै उनले उद्यम गर्न इच्छुक समूहलाई आवश्यक प्रविधिक सहयोग पनि प्रदान गरिने जानकारी दिइन् ।
वडा अध्यक्ष देवप्रसाद चौधरीले महिलामैत्री कार्यक्रमहरूमार्फत उनीहरूको जीवनस्तर उकास्ने प्रयास भइरहेको बताउँदै तालिममा सहभागी महिलाहरुले पाएको सीपलाई स्थायी आम्दानीको स्रोतमा रुपान्तरण गर्नुपर्नेमा जोड दिए । साथै उनले आगामी आर्थिक वर्षको बजेटमा वडाले पनि यस्ता कार्यक्रमका लागि बजेट व्यवस्था गर्ने उल्लेख गरे ।
प्रमुख प्रशिक्षक तथा पूर्व सांसद शान्ता चौधरीले महिलाहरुको आत्मनिर्भरता र आर्थिक सबलीकरणका लागि घरेलु उत्पादनमा आधारित सीप विकास अनिवार्य रहेको बताउँदै अचारजस्तो सहज र व्यापारिक सम्भावना बोकेको उत्पादनमा महिलाहरुको सक्रिय सहभागिता आवश्यक रहेको धारणा राखे । तालिममा माछा,मासु,टिमुर,अमला, आँप,मुला, कागती,गुन्द्रुक,अदुवा,खुर्सानी लगायतका सामग्री प्रयोग गरी विभिन्न प्रकारका अचार बनाउने सीप प्रदान गरिएको थियो । सहभागी महिलाहरुले तालिममा प्राप्त सीपलाई व्यवहारमा उतारी घरमै सानो स्तरको उत्पादन सुरु गर्ने र त्यसलाई क्रमशः व्यवसायिक रूपमा विस्तार गर्ने प्रतिबद्धता जनाएका छन् ।
त्यस्तै तालिममा राप्ती गाउँपालिकाका विभिन्न वडाका २८ जना महिलाको सहभागिता रहेको थियो। तालिमको प्रमुख प्रशिक्षक शान्ता चौधरीसँगै सहायक प्रशिक्षकहरु सीता चौधरी र रचना कुमालले गरेका थिए । समापन कार्यक्रमकाे सहजीकरण उद्यम विकास शाखा प्रमुख विनिता चौधरीले गरेकि थिइन् ।
