Sidha Patra मंगलबार, जेठ ०६, २०८२

दाङ । देउखुरीमा केही दिनदेखि अघोषित रूपमा भइरहेको लोडसेडिङका कारण उद्योग, व्यापार तथा सर्वसाधारणको जनजीवन प्रभावित बनेको भन्दै राप्ती गाउँपालिकाका उद्योगी–व्यवसायीहरूले नेपाल विद्युत् प्राधिकरण लमही वितरण केन्द्रमा आज ज्ञापनपत्र बुझाएका छन् ।

उद्योग व्यापार संघ राप्तीका अध्यक्ष गञ्जबहादुर विष्टको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले वितरण केन्द्रका प्रमुख इञ्जिनियर युवराज रावतलाई ज्ञापनपत्र बुझाएको हो । सो ज्ञापनपत्रमार्फत लोडसेडिङ तत्काल अन्त्य गर्न,नियमित आपूर्ति सुनिश्चित गर्न र दीर्घकालीन समाधानको स्पष्ट कार्ययोजना कार्यान्वयन गर्न माग गरिएको छउक्त ज्ञापनपत्र प्रधानमन्त्री कार्यालय,सिंहदरबारमा समेत पठाइने अध्यक्ष विष्टले जानकारी दिए ।

त्यस्तै इञ्जिनियर रावतले भने यो अघोषित लोडसेडिङ नभई प्राविधिक कारणले विद्युत् आपूर्तिमा समस्या आएको स्पष्टीकरण दिए । उनका अनुसार देउखुरी क्षेत्रमा रहेको एकमात्र सबस्टेशनले लोड थेग्न नसक्दा लाइन काटिनुपर्ने अवस्था आएको हो। “मौरिघाट सबस्टेशनले केही समय धान्न सक्छ, तर गढवा सबस्टेशन तत्काल फेर्नुपर्ने भएकाले उपकरण फेर्ने र मर्मतको काम भइरहेको छ,” प्रमुख रावतले भने । साथै, इन्टरनेट सेवाग्राहीका लागि प्रयोग भएका अव्यवस्थित तारहरू पनि छिट्टै व्यवस्थापन गरिने उहाँले प्रतिबद्धता जनाए ।

ज्ञापनपत्रमार्फत उद्योग–व्यवसायीहरूले निम्न मागहरू प्रस्तुत गरेका छन्:

अघोषित लोडसेडिङ तत्काल अन्त्य गरियोस्।
विद्युत आपूर्तिमा समस्या भएमा कारण, प्रभाव र समाधान सार्वजनिक गरियोस्।सूचना, सञ्चार, स्वास्थ्य तथा शिक्षाजस्ता सेवा क्षेत्रमा नियमित आपूर्ति सुनिश्चित गरियोस् दीर्घकालीन रूपमा लोड व्यवस्थापन र पूर्वाधार सुधारका कार्ययोजना कार्यान्वयन गरियोस्। उद्योग व्यवसायीहरूले समस्या कुनै राजनीतिक प्रभावका कारण नभई प्राविधिक र मौसमजन्य पक्ष जिम्मेवार रहेको बुझाइ व्यक्त गरेका छन्।

ज्ञापनपत्र बुझाउने प्रतिनिधिमण्डलमा सिस्नीय उद्योग वाणिज्य संघ, राप्ती उद्योग संघ, केरा प्रवर्द्धन संघ,राप्ती होटल व्यवसायिक संघ लगायत पत्रकारहरूको पनि सहभागिता रहेको थियो।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र ओली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी,खडग ओली, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल

सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]