Sidha Patra सोमबार, जेठ ०५, २०८२

जनकपुरधाम । सिरहामा लागुऔषध र स्रोत नखुलेको रकम सहित छुट्टाछुट्टै स्थानबाट पाँच जना मानिस पक्राउ परेका छन् ।

लहान नगरपालिका २२ लबटोलीबाट दाजु र बहिनीलाई प्रहरीले ठूलो परिमाणमा नगद र ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

त्यस्तै पक्राउ पर्नेमा स्थानीय २६ वर्षीया किरणकुमारी यादव र उनका दाइ ३२ वर्षीय दिनेशकुमार यादव छन् । दुवैजनाको साथबाट ५५ लाख रुपैपाँ र २०० ग्राम ब्राउन सुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

गत शुक्रबार साँझ ७ बजेको को५प ६९२७ नम्बरको पल्सर मोटरसाइकलमा हिंडिरहेको अवस्थामा चेकजाँच गर्दा उनीहरूका साथबाट २२.९० ग्राम ब्राउन सुगर र ५१ हजार ४५० रुपैयाँ बरामद गरेको थियो । त्यस क्रममा पक्राउ गरी केरकार गरेर उनीहरुको घर खानतलासी गर्दा थप १८० ग्राम ब्राउन सुगर, ५४ लाख १४ हजार २८५ नेपाली र ३५ हजार ७८० भारतीय रुपैयाँ बरामद भएको डिएसपी पासवानले बताए । साथै एक थान डिजिटल तराजु र ६ थान मोबाइल बरामद समेत बरामद भएको छ । दुवैजना लागुऔषध कारोबारी रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

दिनेश यसअघि यसअघि ३ साउन २०८० मा ३.६ ग्राम ब्राउन सुगरसहित पक्राउ परेर ६ महिना जेल सजाय भुक्तान गरी ५ माघ २०८० मा छुटेका थिए । यस्तै प्रहरीले सिरहा नगरपालिका–१७ का ४५ वर्षीय सञ्जय कारकलाई स्रोत नखुलेको १६ लाख ३८ हजार ३७० रुपैयाँसहित पक्राउ गरेको छ । हुण्डीकारोबारी रहेको विशेष सूचनाको आधारमा शनिबार दिउँसो सिरहा-२ स्थित महावीर चोकबाट उनलाई चेकजाँच गर्दा रकमसहित पक्राउ गरेको डिएसपी पासवानले बताए ।

त्यस्तै सिरहाबाटै औरही गाउँपालिका-३ का २० वर्षीय कृष्णकुमार यादव र १९ वर्षीय निरज रायलाई प्रहरीले ७१० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । बरियारपट्टी गाउँपालिका–३ बाट शनिबार दुबैजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र ओली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी,खडग ओली, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल

सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]