Sidha Patra आइतबार, जेठ ०४, २०८२

दाङ । शुक्रबार चलेको हावाहुरीले राप्ती गाउँपालिका वडा नम्बर ७,सिसनियाँका कृषकहरुद्वारा उत्पादित २२ लाखको केरा क्षति भएको छ ।

राप्ती केरा प्रवर्धन कृषक समूहको माध्यमबाट संचालन रहेको १७ कृषक फर्महरुले सिसहनियाँमा उत्पादन गरेको मालभोग केरा हावाहुरीले छेतविक्षेत बनाएको हो । समूहले ४८ बिघामा केरा उत्पादन गरेको थियो । त्यसमध्य २० बिघाको केरा हावाहुरीले क्षति पुर्‍याउँदा २२ लाखको क्षति भएको राप्ती केरा प्रवर्धन कृषक समूहका अध्यक्ष रणप्रसाद सुवेदीले जानकारी दिए ।

त्यस्तै अध्यक्ष सुवेदीका अनुसार समूहद्वारा संचालित निशा कृषि फर्मको १२ लाख र अन्य कृषक फर्महरुको गरी कुल २२ लाखको क्षति भएको हो । यस्तै उक्त क्षतिको विवरण लिएर आज राप्ती गाउँपालिकाको विपद शाखामा पेश गर्न जान लागेको समूहका अध्यक्ष सुवेदीले बताए ।

विगत पाँच वर्षदेखि निरन्तर केरा खेती गर्दै आएको समूहले लमही र तुलसीपुरका बजारमा पुराउँदै आएको थियो । त्यस्तै यो वर्षदेखि बुटवलका बजारसम्म पुराउने योजना रहेको समूहले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]