शिबराज पन्थी/सिधा-पत्र कर्मी आइतबार, बैशाख २८, २०८२

दाङ । देउखुरीको गढवामा प्रेस चौतारी नेपाल र नेपाल उद्योग ब्यवसायी महासंघको पालिका स्तरीय संयुक्त सम्मेलन शनिवार सम्पन्न भएको छ ।

नेपाल उद्योग ब्यवसायी महासंघ गढवाका अध्यक्ष कमल खड्काको अध्यक्षता र नेकपा एमालेका केन्द्रिय समितिका पोलिटब्यूरो सदस्य शान्ता चौधरीको प्रमुख आतिथ्यमा एमाले निकट दुई जनवर्गिय संगठनहरुको सम्मेलन भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी चौधरीले एमाले माथी सामाजिक सञ्जाल र अन्य विभिन्न कोणबाट चौतर्फी घेरावन्दी भैरहेको भन्दै एमालेका सकारात्मक कामहरुको प्रचार प्रसारको अभाव हुन नदिने बताइन् । प्रेस चौतारी नेपालमा आवद्ध पत्रकारहरुले नेकपा एमालेले गरेका सकारात्मक कार्यहरुलाई आम सञ्चार माध्यमहरुमा ल्याउन भूमीका खेल्न उनले आग्रह गरिन् ।

कार्यक्रममा एमालेका केन्द्रिय सदस्य तथा देउखुरी क्षेत्र नम्बर १ का इन्चार्ज साजिदा सिद्दिकी, प्रदेश कमिटी सदस्यहरु सुरामणी बेल्वासे, रामप्रसाद गैरे, लिला बिक, प्रदेश सल्लाहकार मोहन कुमार पाण्डेय, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य दुर्गालाल केसी र नेपाल उद्योग ब्यवसायी महासंघ दाङका उपाध्यक्ष खुमानन्द पोख्रेल लगायतले बोलेका थिए ।

सम्मेलनले सनोज कुमार यादवको अध्यक्षतामा ७ सदस्यिय प्रेस चौतारी नेपाल गढवा गाउँपालिका कमिटि सर्वसम्मत चयन गरेको छ । जसको उपाध्यक्षमा शौकद अलि, सचिव माधवी सार्की, कोषाध्यक्ष प्रयास कुमाल र सदस्यहरुमा समिर बिक, मनिषा नेपाली तथा बसीम खान रहेका छन् ।

यसैगरी शेर प्रसाद जैसीको अध्यक्षतामा ९ सदस्यिय नेपाल उद्योग ब्यापार महासंघ गढवाको सर्वम्मत चयन गरिएको छ । जसको उपाध्यक्षमा योगेश घिमिरे। सचिव सागर बस्नेत र सदस्यहरुमा सोम प्रसाद चौधरी,मातसका चौधरी,चेत बहादुर दर्लामी, पासाङ तामाङ,अभिषेक पौडेल तथा सेवक जिसी रहेका छन् । कार्यक्रममा नवनिर्वाति पदाधिकारीहरुलाई बधाई शुभकामना तथा सपथ ग्रहण गराइएको थियो । कार्यक्रमको सञ्चालन भानु यादवले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]