
Jsbg-7
Msbg-2
ksbl-7
Jsbr-3
Rksr-7
Csbg-7
Usbl-7
Pbu
Gsbr-6
Gsbg-3


दाङ । दुई महिनाको अवधिमा लुम्बिनी प्रदेशमा एक हजार बढी फरार अभियुक्तहरु पक्राउ परेको प्रहरीले तथ्याङ्क सार्वजनिक भएको छ ।
प्रदेशका १२ जिल्लामा फरारको सूचीमा रहेका तेह्र सय ९१ जना मध्य एक हजार १४ जना पक्राउ परेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रहरी वरिष्ठ उपरीक्षक जनार्दन जिसीले जानकारी दिए ।
त्यस्तै पक्राउ पर्नेमा सबैभन्दा धेरै बाँकेमा २ सय ९६ जना र सबै भन्दा कम रुकुममा २ जना पक्राउ परेको प्रहरी वरिष्ठ उपरीक्षक जिसीले बताए । लुम्बिनी प्रदेश प्रहरीका अनुसार रुपन्देहीमा २ सय ४३, दाङमा २ सय २९,बर्दिया १ सय १०,कपिलवस्तु ६७, नवलपरासी ७०,पाल्पा २२,रोल्पा १२,गुल्मी ६, प्यूठान ८ र अर्घाखाँचीमा ८ जना पक्राउ परेका हुन् ।
यस्तै चालु आर्थिक वर्षको फागुन र चैत्र महिनामा मात्रै विभिन्न प्रकृतिका आपराधिक घटनामा संलग्न रही फरार रहेका झण्डै चौध सय फरार अभियुक्त मध्य एक हजार बढीलाई पक्राउ गरेको हो । त्यस्तै झै ३ सय ७७ जना पक्राउ पर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
