
ksbl-7
Gsbg-3
Usbl-7
Csbg-7
Pbu
Rksr-7
Jsbg-7
Jsbr-3
Msbg-2
Gsbr-6


दाङ । लुम्बिनी प्रदेशको ३ जिल्लाका पत्रकारहरु डिजिटल मिडिया र एआई प्रयाेगको विषयमा सिक्न थालेका छन् ।
लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले शुक्रबार देखि अर्घाखाँचीकाे सितगंगा नगरपालिका वडा नम्बर ८, सातमारामा दाङ,कपिलवस्तु र अर्घाखाँचीका ४० बढी पत्रकारहरुलाई सो विषयमा सीप सिकाउन डिजिटल मिडिया र कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी तालिम सुरु थालेको हो ।
तालिममा डिजिटल माध्यम र एआईको प्रयोगमार्फत समाचार संकलन, सम्पादन, प्रस्तुति र प्रकाशनका आधुनिक प्रविधिबारे प्रशिक्षण दिइने महासचिव पाण्डव शर्माले जानकारी दिए ।
प्रशिक्षकका रुपमा एआई अध्येता तथा अभ्यासकर्ता जीवन भण्डारी र किरण कौशल रहेका छन् । उनिहरुले पत्रकारितामा एआईको भूमिका, समाचारको तथ्य जाँच, मोबाइल पत्रकारिता, सामग्री व्यवस्थापन प्रणाली, सामाजिक सञ्जालको सदुपयोग लगायत विषयमा प्रशिक्षण दिइरहेका छन् ।
पत्रकार महासंघ लुम्बिनी प्रदेश समिति अध्यक्ष शुक्रऋषि चौलागाईंको अध्यक्षतामा सुरु भएको कार्यक्रमकाे सञ्चालन महासचिव पाण्डव शर्माले गरेका थिए । तालिमको विषयमा उपाध्यक्ष रामप्रसाद आचार्यले प्रकाश पारेका थिए भने अर्की उपाध्यक्ष मीना ढकालले स्वागत मन्तव्य दिएकि थिइन् ।
प्रदेश समिति संयोजकका अनुसार तालिम प्रदेशका १२ जिल्लाका पत्रकार समेट्ने गरी ६ स्थानमा आयोजना गरेको छ । लुम्बिनी प्रदेशको बर्दिया स्थित ठाकुरद्वाराबाट सुरुवात गरिएको तालिम वैशाख १९ र २० गते दाङको भालुवाङ, त्यसपछि प्युठानको भिङग्री,पुर्वी रुकुमको रुकुमकोट, गुल्मीको तमघाँस र रुपन्देहीको बुटवलमा तालिम आयोजना गरिएको पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चाैलागाईले जानकारी दिए ।
