
Usbl-7
ksbl-7
Csbg-7
Msbg-2
Gsbr-6
Pbu
Rksr-7
Jsbr-3
Gsbg-3
Jsbg-7


काठमाडौँ । आज मन्त्रिपरिषदको बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरबारमा बिहान १० बजे बस्ने बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गर्ने छ ।
त्यस्तै सरकारको नीति तथा कार्यक्रमलाई आजै दिउँसो बस्ने संघीय संसदको बैठकमा प्रस्तुत हुनेछ । दिउँसो तीन बजेका लागि बोलाइएको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले कार्यक्रम प्रस्तुत गर्ने छन् ।
यस्तै बैठकमा अन्य मन्त्रालयगत नियमित एजेन्डामाथि पनि छलफल हुने बताइएको छ ।
