
Jsbr-3
Jsbg-7
Msbg-2
Usbl-7
Gsbr-6
Pbu
ksbl-7
Gsbg-3
Csbg-7
Rksr-7


दाङ । देउखुरीको राप्ते गाउँपालिकामा रासायनिक मल प्रयोग सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ ।
“सबैको चाहना,विषादीमुक्त खाना” भन्ने मूल नाराका साथ सञ्चालन गरेको उक्त कार्यक्रममा कृषकहरूलाई रासायनिक विषादीको अत्यधिक प्रयोगले मानव स्वास्थ्य र वातावरणमा पार्ने नकारात्मक प्रभावबारे जानकारी दिने, विषादीको सट्टामा प्राङ्गारिक मल र जैविक विषादी प्रयोगलाई प्रोत्साहन गर्ने तथा दीगो कृषि प्रणालीलाई प्रवर्द्धन गर्ने बारे जानकारी गराइएको कृषि शाखा प्रमुख बरसाती गडरियाले जानकारी दिए ।
गाउँपालिकाको योजना अनुसार नौ वटै वडामा चरणबद्ध रूपमा कार्यक्रम सञ्चालन भइरहेको छ। हालसम्म वडा नम्बर १,२, ४ र ७ मा कार्यक्रम सम्पन्न भइसकेको छ भने बाँकी वडाहरूमा पनि चाँडै कार्यक्रम सञ्चालन गरिने तयारी रहेको शाखा प्रमुख गडरियाले जानकारी दिए ।
कार्यक्रममा कृषि शाखा प्रमुख बरसाती गडरिया, कृषि अधिकृत प्रदिप खत्री र प्राविधिक निर्मला गिरीले कृषकहरूलाई विषादीको सुरक्षित विकल्प, जैविक मल तथा जैविक विषादी बनाउने प्रविधि सम्बन्धी प्राविधिक जानकारी र प्रशिक्षण प्रदान गरेका थिए । कृषकहरूको उल्लेख्य सहभागिता देखिएको छ । सहभागीहरूले विषादी प्रयोग घटाउँदै सुरक्षित र स्वस्थ कृषि प्रणालीतर्फ उन्मुख हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बुधबार राप्ती गाउँपालिका वडा नम्बर ७ मा आयोजित सचेतना कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवीराम पाठकले रासायनिक विषादीको अन्धाधुन्ध प्रयोगले मानव स्वास्थ्य र वातावरणमा गम्भीर असर पार्ने भएकाले अब सचेत हुन जरुरी रहेको बताए । उनले दीर्घकालीन रूपमा सुरक्षित र विषादीमुक्त कृषि प्रणाली विकास गर्न गाउँपालिकाले विशेष प्राथमिकता दिएको उल्लेख गरे ।
राप्ती गाउँपालिकाले कृषकहरूलाई निरन्तर प्राविधिक सहयोग प्रदान गर्दै जैविक कृषि प्रवर्द्धनमार्फत गाउँपालिकालाई विषादीमुक्त क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य राखेको जनाएको छ ।
