शिबराज पन्थी/सिधा-पत्र कर्मी बिहिबार, बैशाख १८, २०८२

दाङ । नेपाल रेडक्रस सोसाईटी उपशाखा गढवाले पछिल्लो समयमा नेपालका तराई क्षेत्रहरुमा फैलिन थालेको डेंंगो र दादुरा महामारीबाट नागरिकहरुलाई बचाउन सतर्कता अभियान नै सञ्चालन गरिरहेको छ ।

गढवा गाउँपालिका वडा नम्बर ६ को आर्थीक प्राबिधीक सहयोगमा उपशाखा गढवाले बिभिन्न गाउँवस्तिहरुमा अभियान नै थालनी गरेको सभापती उमाकान्त पन्तले जानकारी दिए । ।यसअघि रेडक्रसको आयोजना र गढवा गाउँपालिका ६ नम्बर वडा कार्यालयको संयोजनमा गढवाको कुमाल टोलमा स्वास्थ्य कर्मिद्धारा सचेतना कार्यक्रम गरिएको थियो भने बुधवार गढवा–६ को बालाखुटी र हाँसीपुर टोलमा कार्यक्रमको आयोजना गरि डेंगो र दादुरा महामारिबाट बच्न पूर्व सतर्कता अपनाउन आम नागरिकहरुलाई आव्हान गरिएको छ ।

त्यस्तै उपशाखा गढवाका सभापति उमाकान्त पन्तको अध्यक्षता र गढवा गाउँपालिका ६ नम्बरका वडा सदस्य दिनमणी आचार्यको प्रमुख आतिथ्यमा सचेतना कार्यक्रम गरिएको हो । कार्यक्रममा गढवा उद्योग बाणिज्य संघका अध्यक्ष ओंम प्रकाश बसेल, पत्रकार शिबराज पन्थी,आलोक भावुक, उद्यमशिल महिला समूह बालाखुटीका अध्यक्ष बिमला खनाल र शिखर टोलबिकास संस्थाका अध्यक्ष ऋषिराम पन्थी लगायतले सन्देश मूलक भनाई राखेका थिए ।

एक बर्ष मुनीका वालवालीका, गर्भवती तथा सुत्केरी महिला, बृद्धबृद्धा, दिर्घरोगी, रगत जम्ने समस्या भएका मानिसहरु र मोटोपना भएका मानिसहरुमा डेंगो रोगको संक्रमण तुरुन्त हुनसक्ने कार्यक्रममा जानकारी गराइएको छ । डेंगोका किटाणुले आक्रमण गरेमा ज्वरो आउने, टाउको र आँखाका गेडीहरु दुख्ने, हातखुट्टा र शरिर नराम्रोसंग दुख्ने, खाना खान मन नलाग्ने र वान्ता हुने जस्ता लक्षण हुने कार्यक्रममा स्वास्थ्यकमीृद्धारा जानकारी गराइएको हो ।

त्यस्तै सफा पानीमा बस्ने पानीमै फूलपार्ने लामखुट्टेले मानिसलाई टोकेमा डेंगो रोग लाग्ने भन्दै गाउँ, घर तथा बजारहरुमा पानी जम्ने खालका कुनैपनि भाँडाहरु, टायरहरु, गमलाहरु र खाल्डाहरु पानी जम्न नदिने कुरामा सन्देश प्रबाह गरिएको थियो । लामखुट्टेको टोकाईबाट बच्न घर वरीपरी पानी जम्न नदिने र झुल प्रयोग गरेर मात्र सुत्न कार्यक्रमका सहभागिहरुलाई आग्रह गरिएको थियो ।

कार्यक्रममा डेंगो रोग र यसका लक्ष्यणहरु, सावधानी अपनाउनु पर्ने बिधिहरु र यसले मानव शरिरमा पार्ने असरहरुका बारेमा तथा दादुरा रोगबाट बच्ने उपायहरुका बारेमा समेत स्वास्थ्यकर्मी सुर्य नारायण यादवले प्रशिक्षण दिएका थिए । गढवा गाउँपालिकाको ६ नम्बर वडामा सबैभन्दा बढी डेंगोको संक्रमण देखिएको स्वास्थ्यचौकी गढवाले जनाएको छ । जस अनुसार गत आर्थिक बर्षमा २४१ जनामा डेंगो देखिएकोमा १० जना गंभिर बिरामी भएर बाँच्न सफल भएको र यसबर्षको हालसम्म ३७ महिला र ३० पुरुष गरी ६७ जनमा डैंगो संक्रमण देखिएको कार्यक्रममा जानकारी गराइएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र ओली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी,खडग ओली, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल

सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]