ओमप्रकाश गुप्ता बिहिबार, बैशाख १८, २०८२

दाङ । प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य दुर्गालाल केसीले नागरिकहरूलाई सही सूचना प्रदान गर्न अव हरेक स्थानीय तहहरूमा पत्रकार उत्पादन गर्न आवश्यक रहेको बताएका छन् ।

बिहीबार दाङको राप्ती गाउँपालिका- ३ मसुरियामा प्रेस चौतारी नेपाल राप्ती गाउँपालिका कमिटीले आयोजना गरेको तीन दिने आधारभूत पत्रकारिता तालिम उद्घाटन समारोहमा बोल्दै केन्द्रीय सदस्य केसीले सो कुरा बताएका हुन् । प्रमुख अतिथि समेत रहेको केन्द्रीय सदस्य केसीले राप्ती गाउँपालिका लुम्बिनी प्रदेशको राजधानीको पालिका भएकोले पनि पत्रकारिताको विकास भएमा राजधानी क्षेत्रको गतिविधि मिडियामा जाने बताए ।

चाैतारी राप्ती गाउँपालिका कमिटी अध्यक्ष हुमा सुनारको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा नेकपा एमाले दाङका सदस्य धर्मराज अधिकारी लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सो कार्यक्रममा प्रेस चाैतारी नेपालका निर्वतमान केन्द्रीय सदस्य सन्तोष कुमार गुप्ता, प्रदेश सदस्यहरू बासुदेव न्याैपाने, शान्ता खनाल,दाङ जिल्ला उपाध्यक्ष लक्ष्मी पोख्रेल लगायतको उपस्थिति रहेको थियो ।

राप्ती गाउँपालिकाका १३ जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको तालिमको प्रशिक्षकमा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य दुर्गालाल केसी, प्रदेश इन्चार्ज टिका बस्नेत,पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य ओमप्रकाश गुप्ता,प्रेस चौतारी नेपालका निर्वतमान केन्द्रीय सदस्य सन्तोष कुमार गुप्ता,प्रदेश सदस्य बासुदेव न्याैपाने लगायत रहेका छन् । कार्यक्रमको सञ्चालन प्रेस चाैतारी नेपालका निर्वतमान लुम्बिनी प्रदेश सदस्य तथा पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य ओमप्रकाश गुप्ताले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]