
Gisld
Sds
Rbs
mbd
Mbdvs
Pbu

Bbu
Hal
Rgu
Vor
Gst
Rsb
Asm
Bbbpu
Rgu
Wsp
Sls
Rgs
Tsm
Ksm
Ggd
Ssm
nsb
Sbs
Pvg

Rpp
Ptm
Bml
Mks
sab
Jmb
Pls
Gsb
Syp
Abd
bbt
Rmb
Jmb
दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नं.३ रतनपुरकी सुलोचना चौधरी झण्डै १ घण्टाको बाटो साइकिलमा सवार गरेर गढवामा ढकिया बुनाई तालिम सिक्न जान्छिन । उनी जस्तै गढवा ४ खड्कपुरकी सविता चौधरी पनि पहिलो पल्ट ढकिया बुनाई सिक्न निकै जाँगर लगाएर एक महिना सम्म गढवा बजारमा आउने गरेको बताउँछिन । पुराना पुस्ताले ढकिया बुन्न जानेका भएपनि हामी नयाँ पुस्ताले जान्दैनौ । ढकियाको माग दिनप्रतिदिन बढ्न थालेकोले सिक्न निकै कोशिस गरेका छौंं । नयाँ पुस्ताले पुरानो कला संस्कृतिको संरक्षण गर्नुपर्छ-उनले भनिन् रोजगारीका लागि पनि राम्रो अवसर छ ।
त्यसो त कहिल्यै नगरेको काम र नाम नै थाहा नभएका सामानहरु प्रयोग गरि ढकिया बुनाई तालिममा यादव समुदायबाट गढवा–६ प्रनाहाकी मिरा यादवलाई पनि ढकिया बुनाईको आकर्षणले एक्लै भएपनि तानेको छ । नामै थाहा नभएका मुञ्ज,फुजा,छेद्ना लगायतका धेरै सामाग्रीहरुको नाम थाहा पाएँ । एक महिनाभित्र टोपि,ढकिया, पुजादानी र तसला तयार गरें । अब मजाले घरमै बसेर सामान किनेर ढकिया बनाउन सक्छु–यादवले भनिन् ।
त्यस्तै गढवामा मिझनी होटल संचालन गरेकी सुलाचन चौधरीले पनि ढकिया बुनाईको आकर्षण रोजेकी छिन । गढवा–६ कि निता चौधरी र सरस्वती चौधरीले गतबर्ष ढकिया बुनाईको आधारभूत तालिम सिकेको र यसबर्ष दक्ष बनेको बताईन । गढवा बजारका मानु कुमाल, कृष्णलता चौधरी र उत्तम चौधरीले ढकिया बुनाईको थारु संस्कृति लोप हुन थालेकोले संरक्षणको अभियानमा गाउँपालिकासंग समन्वय गरेर तालिम ल्याएको बताए ।
यसैगरी गाउँपालिकाको सात लाख बजेटबाट एक महिना सम्म २ जना प्रशिक्षक राखी ३३ जना महिलाहरुलाई ढकिया बुनाई तालिम सिकाएको सृजना महिला समुहका अध्यक्ष मानु कुमालले बताए । गत २०७५ सालमा २ लाख,०७६ मा ५ लाख र यो बर्ष संघीय सरकारद्धारा हस्तान्तरित सिपमुलम तालिम अन्तर्गत ७ लाख बजेट ढकिया बुनाईको सिप प्रबर्धनमा गाउँपालिकाले लगानी गरेको र हालसम्म ८८ जना महिलाहरुले ढकिया बुनाई तालिम लिएर दक्ष बनिसकेको गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरीले बताउनु भयो । त्यस्तै गढवाका थारु र गैह्र थारु महिलाहरु समेत ढकिया बुनाइको आकर्षण रोज्न थालेका छन् उहाँले भन्नु भयो । तिन बर्षको तालिमबाट ३ जना दक्ष प्रशिक्षकहरु समेत तयार भएको गाउँपालिकाले जनाएको छ ।
यसैबिच गढवा गाउँपालिकाको टिमले ढकिया बुनाई तालिमको अनुगमन तथा अवलोकन गरेको छ । गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरी,प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगी,प्रशासन शाखा प्रमुख पुनाराम शर्मा,योजना शाखाका प्रमुख कुलराज कुमाल र पत्रकारहरु दुखहरण यादव तथा शिबराज पन्थी लगायतको टिमले तालिमको अनुगमन गरेको थियो ।
