शिवराज पन्थी शुक्रबार, माघ २३, २०७७

दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नं.३ रतनपुरकी सुलोचना चौधरी झण्डै १ घण्टाको बाटो साइकिलमा सवार गरेर गढवामा ढकिया बुनाई तालिम सिक्न जान्छिन । उनी जस्तै गढवा ४ खड्कपुरकी सविता चौधरी पनि पहिलो पल्ट ढकिया बुनाई सिक्न निकै जाँगर लगाएर एक महिना सम्म गढवा बजारमा आउने गरेको बताउँछिन । पुराना पुस्ताले ढकिया बुन्न जानेका भएपनि हामी नयाँ पुस्ताले जान्दैनौ । ढकियाको माग दिनप्रतिदिन बढ्न थालेकोले सिक्न निकै कोशिस गरेका छौंं । नयाँ पुस्ताले पुरानो कला संस्कृतिको संरक्षण गर्नुपर्छ-उनले भनिन् रोजगारीका लागि पनि राम्रो अवसर छ ।त्यसो त कहिल्यै नगरेको काम र नाम नै थाहा नभएका सामानहरु प्रयोग गरि ढकिया बुनाई तालिममा यादव समुदायबाट गढवा–६ प्रनाहाकी मिरा यादवलाई पनि ढकिया बुनाईको आकर्षणले एक्लै भएपनि तानेको छ । नामै थाहा नभएका मुञ्ज,फुजा,छेद्ना लगायतका धेरै सामाग्रीहरुको नाम थाहा पाएँ । एक महिनाभित्र टोपि,ढकिया, पुजादानी र तसला तयार गरें । अब मजाले घरमै बसेर सामान किनेर ढकिया बनाउन सक्छु–यादवले भनिन् ।

त्यस्तै गढवामा मिझनी होटल संचालन गरेकी सुलाचन चौधरीले पनि ढकिया बुनाईको आकर्षण रोजेकी छिन । गढवा–६ कि निता चौधरी र सरस्वती चौधरीले गतबर्ष ढकिया बुनाईको आधारभूत तालिम सिकेको र यसबर्ष दक्ष बनेको बताईन । गढवा बजारका मानु कुमाल, कृष्णलता चौधरी र उत्तम चौधरीले ढकिया बुनाईको थारु संस्कृति लोप हुन थालेकोले संरक्षणको अभियानमा गाउँपालिकासंग समन्वय गरेर तालिम ल्याएको बताए ।

यसैगरी गाउँपालिकाको सात लाख बजेटबाट एक महिना सम्म २ जना प्रशिक्षक राखी ३३ जना महिलाहरुलाई ढकिया बुनाई तालिम सिकाएको सृजना महिला समुहका अध्यक्ष मानु कुमालले बताए । गत २०७५ सालमा २ लाख,०७६ मा ५ लाख र यो बर्ष संघीय सरकारद्धारा हस्तान्तरित सिपमुलम तालिम अन्तर्गत ७ लाख बजेट ढकिया बुनाईको सिप प्रबर्धनमा गाउँपालिकाले लगानी गरेको र हालसम्म ८८ जना महिलाहरुले ढकिया बुनाई तालिम लिएर दक्ष बनिसकेको गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरीले बताउनु भयो । त्यस्तै गढवाका थारु र गैह्र थारु महिलाहरु समेत ढकिया बुनाइको आकर्षण रोज्न थालेका छन् उहाँले भन्नु भयो । तिन बर्षको तालिमबाट ३ जना दक्ष प्रशिक्षकहरु समेत तयार भएको गाउँपालिकाले जनाएको छ ।

यसैबिच गढवा गाउँपालिकाको टिमले ढकिया बुनाई तालिमको अनुगमन तथा अवलोकन गरेको छ । गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरी,प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगी,प्रशासन शाखा प्रमुख पुनाराम शर्मा,योजना शाखाका प्रमुख कुलराज कुमाल र पत्रकारहरु दुखहरण यादव तथा शिबराज पन्थी लगायतको टिमले तालिमको अनुगमन गरेको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]