
Msbg-2
Csbg-7
Usbl-7
ksbl-7
Gsbr-6
Jsbr-3
Rksr-7
Gsbg-3
Jsbg-7
Pbu


काठमाडौँ । भारत काश्मीरको पाहलगममा भएको आतङ्ककारी हमलामा नेपाली युवा सुदीप न्यौपानेको हत्याको विरोधमा आज काठमाडौँमा प्रदर्शन गरिएको छ ।
त्यस्तै आतङकबादी हमलामा परेर बुटवल उपमहानगरपालिका वडा नम्बर –१४ का २७ वर्षीय सुदीप न्यौपानेले ज्यान गुमाएका थिए । सो घटनाको विरोधमा नेपाल नागरिक अभियानले आतङ्कवाद विरुद्ध ऐक्यबद्धता जनाउँदै पाकिस्तानी दूतावास अघि प्रदर्शन गरेको हो ।
घटनालगत्तै पाकिस्तानी सैनिक जनरल असिम मूनिरले हिन्दु समुदायविरुद्ध दिएको अभिव्यक्ति समेत आपत्तिजनक रहेको भन्दै विरोध प्रदर्शन गरिएको हो । रातोपाटी
