
Bsn
Nsb
Csb
Ppu
Tgp
Ssb
Usb
Ssb
Ksb
Rsb
jsb
Ksb
Fmb
Rks
Gsb
Ksb

Gsb
Ssb
Tsb
Hl1
Usb

Nps
Rgu
ptl
दाङ । देउखुरीको गढवा गाउँपालिकामा योगदानमा आधारित सामाजिक सुरक्षा योजना सम्बन्धी सरकारवालाहरू बीच अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
गढवा गाउँपालिकाको आयोजना तथा सामाजिक सुरक्षा कोष सम्पर्क कार्यालय नेपालगञ्जको सहजीकरणमा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।
योगदानमा आधारित सामाजिक सुरक्षा योजना सम्बन्धी सरकारवालाहरूबीच अभिमुखीकरण कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यम नारायण शर्मा पोखरेलले सामाजिक सुरक्षा कोषद्वारा सञ्चालित योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध हुन सम्पूर्णलाई आह्वान गरे । जीवनमा आइपर्ने आर्थिक जोखिमबाट सुरक्षित रहनका लागि सामाजिक सुरक्षा कोष अति महत्वपूर्ण रहेको पालिका अध्यक्ष पोखरेलले बताए । आगामी आर्थिक वर्षदेखि गढवा गाउँपालिकाका सम्पूर्ण कर्मचारी र विद्यालयसँग आबद्ध कर्मचारीहरुलाई सामाजिक सुरक्षा कोषसँग जोड्ने बताए ।
त्यस्तै निजी क्षेत्रबाट सञ्चालित विद्यालयहरू विभिन्न संस्थाहरु,वित्तीय क्षेत्रमा काम गर्ने संस्थाहरु, लगायतका अन्य क्षेत्रलाई सामाजिक सुरक्षा कोषसँग जोड्न अनुरोध समेत गरे । सामाजिक सुरक्षा कोषमा आबद्ध नहुने कुनै पनि संस्थाको नवीकरण नगर्ने पालिका अध्यक्षले पोख्रेलले उद्घोष गरे । सक्नेले आफै सामाजिक सुरक्षा कोषमा आबद्ध हुने नसक्नेहरूको तथ्याङ्क सङ्कलन गरेर पालिकाले सहजीकरण गर्ने अध्यक्ष पोख्रेलले बताए । साना व्यवसायी, कृषक,मजदुर,विभिन्न उद्यमी महिला समूह,विभिन्न बचत संकलन गर्ने संस्थाहरुले सामाजिक सुरक्षा कोषमा लाग्न अनुरोध समेत गरे ।
करार र ज्यालादारी श्रमिकले खाइपाई आएको तलबको कम्तीमा ६० प्रतिशतलाई आधारभूत तलब मानी त्यसको २० प्रतिशत रोजगारदाता (सरकार) र ११ प्रतिशत श्रमिकको तर्फबाट कोषमा जम्मा गरिने सामाजिक सुरक्षा कोष नेपालगञ्जका प्रमुख चिरञ्जीवी न्यौपानेले बताए । राजपत्रमा प्रकाशित सूचना अनुसार संघीय,प्रदेश र स्थानीय तहको सञ्चित कोष,नेपाल सरकार,प्रदेश सरकार वा स्थानीय तहको पूर्ण वा आंशिक स्वामित्व भएका संस्थान,निगम, बोर्ड, प्राधिकरण,प्रतिष्ठान वा यस्तै कुनै निकायको कोषबाट पारिश्रमिक पाउने व्यक्तिलाई सामाजिक सुरक्षा कोषमा योगदानकर्ताको रूपमा सूचीकृत गर्ने भएको सहजकर्ता न्योपानेले बताए ।
यस्तै योगदानकर्ताले खाइपाई आएको तलबको कम्तीमा ६० प्रतिशतलाई आधारभूत तलब मानी त्यसको २० प्रतिशत रोजगारदाता (सरकार) र ११ प्रतिशत श्रमिकको तर्फबाट कोषमा जम्मा गरिने व्यवस्था रहेको बताईएको छ ।
कोषबाट श्रमिकलाई औषधि उपचार तथा स्वास्थ्य, मातृत्व, दुर्घटना, अशक्तता, वृद्धावस्था, आश्रति परिवार सुरक्षा योजना उपलब्ध गराउने उद्देश्यले ल्याइएको कार्यक्रम हो । वृद्धावस्था सुरक्षा योजना अन्तर्गत २८.३३ प्रतिशत र बाँकी रकम अन्य सुविधाको लागि छुट्याइएको छ ।
कार्यक्रममा गढवा गाउँपालिका उपाध्यक्ष शारदाकुमारी चौधरी,प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौडेल लगायतकाले बोलेका थिए भने कार्यक्रमको सञ्चालन गढवा गाउँपालिका प्रशासन शाखा प्रमुख पुनाराम शर्माले गरेका थिए ।
