
Ksb
Bsn
Csb
Rsb
Nsb
Tgp
Ssb
Rks
Ppu
Ssb
Usb
jsb
Gsb
Ksb
Fmb
Ksb

Usb
Tsb
Ssb
Hl1
Gsb

Rgu
Nps
ptl
काठमाडौँ । नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले आह्वान गरेपछि शिक्षक महासंघ वार्ताका लागि मन्त्रालयमा पुगेका छन् ।
नेपाल शिक्षक महासंघका उपमहासचिव रामप्रसाद ढकालका अनुसार २५ जनाको टोली वार्ताका लागि गएको छ । नेपाल राष्ट्रिय शिक्षक संघ, नेपाल प्रगतिशील शिक्षक संघ र नेपाल शिक्षक महासंघका पदाधिकारी मन्त्रालय पुगेका हुन् ।
त्यस्तै उपमहासचिव रामप्रसाद ढकालले भने, ‘नयाँ मन्त्रीले आह्वान गर्नुभएकाले यसलाई हामीले सकारात्मक रुपमा लिएका छौँ।’ सो अवसरमा शिक्षकले मन्त्री पन्तलाई बधाई तथा शुभकामना दिने कार्यक्रम पनि रहेको उनले जानकारी दिए।
यस्तै पदभार ग्रहण गरेको पछिल्लो दिन शुक्रबार (आज) वार्ताका लागि मन्त्री पन्तले सरकारका तर्फबाट पत्राचार गरी लामो समयदेखि आन्दोलनरत शिक्षक महासंघ राष्ट्रिय समितिलाई बोलाएका थिए । मन्त्री पन्तले शिक्षकहरूसँग विगतमा झैँ निरन्तर संवाद तथा छलफल गरी सामूहिक रूपमा समाधानका उपाय खोज्न यथाशीघ्र वार्ताका लागि आग्रह गरेको जानकारी गराएका छन् ।
त्यस्तै गत चैत २० देखि विभिन्न मागसहित शिक्षक महासंघको नेतृत्वमा देशभरका शिक्षकहरु सडक आन्दोलनमा रहेका छन् ।
