
Gsbr-6
Rksr-7
Usbl-7
Pbu
Jsbg-7
Csbg-7
Gsbg-3
Jsbr-3
Msbg-2
ksbl-7


दाङ । तुलसीपुर उपमहानगरपालिकाले भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासीको जग्गा नाप नक्साङ्कनको कार्य सुरु गरेको छ ।
राष्ट्रिय भूमि आयोग दाङको समन्वयमा उपमहानगरले आजदेखि जग्गा नाप्न सुरु गरेको हो । आयोग विघठन भएपछि वडा नम्बर ६बाटै सुरु गरिएको नापनक्साङ्कनको काम स्थगन भएको थियो । तुलसीपुर उपमहानगरपालिका भूमि शाखाका अमिन रितेश बस्नेतले यस अघि वडा नम्बर ६मा एक हजार दुई सय ६५ कित्ताको पाँच लाख ३४ हजार नौ सय ८९. ८७ वर्ग मिटर क्षेत्रफल जग्गा नाप नक्साङ्कन सम्पन्न भएको बताए ।
त्यस्तै बस्नेतका अनुसार वडा नम्बर ६मा करिब ७५ प्रतिशत नापनक्साङ्कनको काम सकिएको बताए । राष्ट्रिय भूमि आयोग दाङका अध्यक्ष हुकुम बस्नेतले भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई मध्येनजर गरी जग्गा नापजाँच कार्य अगाडि बढाइएको बताए ।
अध्यक्ष बस्नेतले तुलसीपुरमा सुरु गरिएको नाप नक्साङ्कनको काम एक महिनाभित्रै सम्पन्न गरेर दुई महिनाभित्रै भूमिहीन दलितलाई लालपूर्जा वितरण गरिने बताए । उनले दाङ जिल्लाको बबई, शान्तिनगर, राप्ती, राजपुर गाँउपालिकामा जङ्गल क्षेत्रभित्र भूमिहीन दलित ,सुकुम्बासीले वर्षौदेखि जग्गा उपभोग गर्दै आएकाले ती क्षेत्रको जग्गा नाँपजाँचमा समस्या देखिएको बताए ।
यस्तै उपमहानगरपालिका प्रमुख टिकाराम खड्काकाले पालिकाभित्र अहिले २३ हजार तीन सय २६ जना भूमिहीन दलित, सुकुम्बासी, अव्यवस्थित बसोबासीको निवेदन दर्ता भएको बताए ।
