
Gsbr-6
Csbg-7
Rksr-7
Jsbg-7
ksbl-7
Pbu
Gsbg-3
Msbg-2
Jsbr-3
Usbl-7


कञ्चनपुर । मोटरसाइकल सहित जलेको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।
जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर १० शिबनगरमा मङ्गलवार बिहान मोटरसाइकल सहित एक पुरुषको जलेको अबस्थामा शव फेला परेको हो । उक्त शव बेल्डाडी गाउँपालिका वडा नम्बर–३ का हरिकिसन रानाको भएको खुलेको छ ।
उनी भैंसी पालन गरि दूध बेच्ने काम गर्थे अहिले मृतकका परिवार र प्रहरी घटना स्थलमा छन् । परिवारजनले उनको हत्या गरिएको दाबी गर्दै अनुसन्धानको माग गरिरहेका छन् ।
त्यस्तै शव घटनास्थलमै रहेको र घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
