Sidha Patra शुक्रबार, माघ २३, २०७७

प्यूठान । प्यूठानमा भएको स्कारपियो दुर्घटनामा परि एक जनाको घटना स्थलमा मृत्यु भएको छ भने ३ जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार अर्घाखाँचीको शितगंगा नगरपालिका- ७ का अन्दाजी ४२ वर्षीय टंक बहादुर बुढाको घटनास्थलमै मृत्यु भएको हो ।

अचानक गाडीको ब्रेक फेल भएको कारण सो स्कारपियो दुर्घटना भएको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा अन्य ३ जना गम्भीर घाइते भएका छन् । उनीहरूको अहिले प्यूठान जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहको छ । त्यस्तै गाडिमा जम्मा एघार जना यात्रु सवार थिए। गाडि सडकबाट ५० मिटर तल खसेको हो । दाङको भालुवाङबाट रोल्पाको सुलिचौरका लागि छुटेको रा १ ज ८०९ नम्वरको स्कारपियो शुक्रबार बिहान प्यूठानको सरुमारानी गाउँपालिका वडा नम्बर ६ मोतिपुरमा दुर्घटनामा परेको प्रहरी नायव उपरीक्षक (डीएसपी) सुनिल मल्लले बताउनु भयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]