Sidha Patra बिहिबार, माघ २२, २०७७

जनकपुर । जनकपुरमा आज घोषित आम हड्ताल सफल पार्न उत्रिएका नेकपा प्रचण्ड माधव स’मुहका नेता कार्यकर्ता र प्रहरी बीच जनकपुरमा झडप भएको छ । सो झडपमा प्रहरीको लाठी लागेर पूर्व मन्त्री एवं नेकपाका केन्द्रीय समिति सदस्य रामचन्द्र झाको टाउको फुटेको हो । बन्दकारीले गाडीमा तोडफोड गर्न थाले पछि प्रहरीले बल प्रयोग गरेको थियो । टाउकोबाट रगत बग्न थालेपछि झालाई कार्यकर्ताहरुले लगेका थिए । केही आन्दोलन कारीलाई प्रहरीले पक्राउ गरे पनि संख्या एकीन भएको छैन ।

त्यस्तै झडपमा परी प्रहरी जवान लालबाबु राय पनि घाइते भएका छन् । यस्तै प्रहरीले केही प्रदर्शन कारीलाई नियन्त्रणमा लिएको समेत जनाएको छ । पुष्पकमल दाहाल-माधवकुमार नेपाल नेतृत्वको नेकपाले आम हड्ताल गर्नेक्रममा जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । झडपका क्रममा केही गाडीमा समेत तोडफोडसमेत भएको छ । यसैगरी आम हड्ताललाई चुनौती दिँदै ओलीपक्षको मार्चपास केपी ओलीपक्षीय नेकपाका युवा विद्यार्थीले आम हड्तालको विरोध र भोलिको जनप्रदर्शनको प्रचारप्रसार गर्दै काठमाडौंमा मार्चपास गरेका छन् ।

शुक्रवार काठमाडौंमा हुने ओली पक्षको वृहत जनप्रदर्शनको तयारीस्वरूप स्वयंसेवकहरूलाई अभिमुखीकरण तालिम दिएपछि रातो टोपी लगाएका युवा विद्यार्थीले सडकमा मार्चपास परेका हुन् । युवा नेताहरू महेश बस्नेत,माधव ढुंगेल,ऐन महर लगायतको नेतृत्वमा प्रदर्शनीमार्गबाट ओली पक्षको जुलुस अघि बढेको छ । बन्द आह्वानकर्ता र ओली पक्षबीच झडप हुन नदिन सुरक्षाकर्मी तैनाथ भएका छन् । भोलि हुने जनप्रदर्शनको तयारीस्वरूप स्वयंसेवकहरूलाई अभिमुखीकरण दिइएको हो ल । जनसभामा सहभागी हुने कार्यकर्ता र सर्व साधारणको भीड व्यवस्थापन,रेखदेख लगायतका विषयमा नेता महेश बस्नेत,माधव ढुंगेललगायतका युवा तथा विद्यार्थी नेताले प्रशिक्षित गर्नु भएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]