
pku
Pes
Sgr
Ses
Djs
Pbu
Unsku
Rgp1
Gfs
cjs
Srbpu
Rgp
Lnp
Ggp

Gst
Ssm
Pvg
Ggd
Hal
Rsb
Rgu
Tsm
Bbu
Wsp
Asm
Bbbpu
Vor
Sls
Ksm
nsb
Sbs
Rgu
Rgs

Abd
Pls
Bml
Jmb
Rpp
Mks
Syp
Jmb
sab
Rmb
Ptm
bbt
Gsb
प्यूठान । पहिलोपटक प्यूठानकाे सरूमारानी गाउँपालिका वडा नम्बर ५ लुकलुकेमा शिव लक्ष्मी चाैधरीद्वारा सत्यनारायणकाे पुजा कार्यक्रम बुधबार सम्पन्न भएकाे छ । त्यस्तै सत्यनारायण पुजाकाे शिव सवरी धामकी गुरु शिवलक्ष्मी चाैधरीले गरेकी थिइन् । नेपालमा पहिलाे पटक महिला गुरूबाट प्यूठानकाे लुकलुकेमा सत्यनारायणकाे पुजा गरिएकाे हाे ।
यस्तै धामका चेला सरूमारानी गाउँपालिका-५ लुकलुके निवासी नरबहादुर पल्ली मगर तथा टेकी पल्ली मगरकाे आयाेजनामा उक्त गाउँमा पहिलाे पटक सत्यनारायणकाे पुजा गरिएकाे हाे । सत्यनारायण पुजा आयाेजक नरबहादुर पल्ली मगरकाे अध्यक्षता एवम् शिव सवरी धामकी गुरु शिव लक्ष्मी चाैधरीकाे प्रमुख आतिथ्यमा भएकाे कार्यक्रममा बाेल्ने बक्ताहरूले पछिल्लाे समय नयाँ पुस्ताहरूमा हराउँदै गएकाे धर्मप्रतिकाे विश्वासलाई यस्ता धार्मिक पुजा आजा कार्यक्रमले धार्मिक आस्था विश्वास बढाउने बताउनु भएको छ ।
उहाँहरूले पछिल्लो समय दाङ-प्यूठान सहित देशैभर शिव सवरी धाम प्रतिकाे आस्था,विश्वास र शक्तिमा विश्वास बढ्दै गएकाेले धामकाे आवश्यक प्रचारप्रसार तथा भाैतिक विकासमा राज्यकाे ध्यान जानुपर्ने बताउनु भएको थियो । त्यस्तै धामकी चेला तथा पुजा आयाेजक टेकी पल्ली मगरकाे स्वागत मन्तव्यबाट शुरू भएकाे कार्यक्रममा रेडियाे राप्ती एफ.एम तथा राप्ती टेलिभिजनका निमित्त समाचार प्रमुख सन्ताेषकुमार गुप्ता,शिवसवरी धामकी महासचिव धना चाैधरी, धामका पुजारी सन्ताेष बुढाथाेकी लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रमकाे सञ्चालन धामकी पुजारी साेमिया बस्नेतले गर्नु भएको थियो ।
