शिवराज पन्थी आइतबार, माघ १८, २०७७

दाङ । कानून तथा संबैधानीक महाशाखाले शनिबार गढवा गाउँपालिकाका सबै जनप्रतिनिधीहरुलाई एकै थलोमा जम्मा गरी सभा संचालन तथा कानून निर्माणका बिषयमा अभिमुखिकरण गरेको छ ।

गाउँ,नगर तहका जनप्रतिनिधीहरुलाई सभा संचालन गर्ने कानुनी प्रकृया र कानुन बनाउने बिषयमा जानकार बनाउन प्रदेश सरकारले यो अभियान संचालन गरेको लुम्बिनी प्रदेशका कानुन सचिव राजेन्द्र थापाले जानकारी दिनु भयो । प्रदेश सरकारले ३ बर्षमा १०९ स्थानीय तह मध्ये ३२ वटा स्थानीय तहमा यो कार्यक्रम संचालन गरिसकेको र यो वर्ष १३औँ नम्बरमा गढवा गाउँपालिकाले मौका पाएको कार्यक्रममा जानकारी दिनु भएको हो ।

जसमध्ये दाङ जिल्लाका घोराही उपमहानगर पालिका,राप्ती गाउँपालिका र गढवा गाउँपालिकाले यसबर्ष अवसर पाएको उहाँको भनाइ छ । स्थानीय सरकारको संसद भनेको नै गाउँसभा संचालन र कानुन निर्माणको प्रकृया हो,संसदीय अभ्यास बमोजिम स्थानीय सरकारहरुले पनि अभ्यासको सिकाई गरेर मर्यादित र शिष्ट ढंगले सभा संचालन गर्न सिक्नुपर्ने कार्यक्रममा सहभागी जनप्रतिनिधीहरुलाई थापाले बताउनु भयो ।

कार्यक्रममा बोल्दै गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले आगामी हिउँदे अधिवेशनलाई यसै ढंगले अभ्यासको सिकाई गर्ने भन्दै स्थानीय तहमा कानुन बनाएर कार्यान्वयन प्रकृयामा लैजानु सबै जनप्रतिनिधीहरुको दायित्व भएको बताउनु भयो । त्यस्तै कार्यक्रममा बोल्दै उपाध्यक्ष शान्ती चौधरीले प्रदेश सरकारले गाउँसभाबाट कानुन बनाउन र कार्यान्वयन गर्न सिकाएर सकारात्मक सन्देश दिएको बताउनु भएको छ ।

सो अवसरमा अधिवेशन आव्हान र अन्त्य, गणपुरक संख्या,सभामा छलफल गर्न पाइने र नपाइने बिषयहरु, बैठक प्रारम्भ र स्थगन, बैठकमा पालना गर्नु पर्ने आचार संहिताहरु,बोल्ने र उत्तर दिने शिष्टम नियमापत्ति, मत विभाजन,अध्यक्षको विशेषाधिकार, विशेष प्रस्तावको अवधारणा तथा जरुरी सार्वजनिक महत्वको प्रस्ताव ल्याउने तरिका,लेखा विद्यायन र सुशासन समितिको काम कर्तव्य अधिकारक्षेत्र आदिका बारेमा जनप्रतिनिधीहरुलाई अभिमुखिकरण गरिएको हो ।

त्यस्तै कानून निर्माण र कार्यान्वयन प्रकृया, स्थानीय तहले कानुन निर्माण गर्दा बिचार गर्नु पर्ने कुराहरु, आवश्यकता को पहिचान, सुझाव संकलन, कार्यपालिका बाट विधेयक मस्यौदा स्विकृतिको ब्यवस्था र संघ प्रदेशको कानुनसंग नबाझीने गरि स्थानीय सरकारले संबिधानको अनुसुची ८ र ९ का आधारमा कानून निर्माणको ब्यवस्थाका बारेमा पनि कार्यक्रममा छलफल गरिएको थियो ।

कार्यक्रमको सहजीकरणमा लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय कानून तथा संवैधानीक महाशाखाका कानुन सचिव राजेन्द्र थापा,अधिकृत सुस्मिता पाण्डे र नासु नारायण भट्टराइको उपस्थिति रहेको गढवा गाउँपालिकाले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]