
Rgp
Ksbus
Ksbus
Lnp
Msbus
Ggp
Ggp
Asbus
Sdc


दाङ । तुलसीपुरमा रहेको राप्ती बबई क्याम्पसमा आइतबार आज रक्तदान कार्यक्रम गरिएकोे छ । नेपाल रेडक्रस सोसाइटी तुलसीपुरस्थित रक्त संचार केन्द्र तथा तुलसीपुरका अस्पतालहरुमा बिरामीका लागि रगतको अभाब भएको सूचना पाएपछि अभाव परिपुर्ती गर्न रक्तदान नै जीवनदान भन्ने उद्धेश्यले क्याम्पस प्रशासनले रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
नेपाल रेडक्रस सोसाइटीको प्राबिधिक सहयोगमा भएको रक्तदानमा क्याम्पसका शिक्षक यमनाथ पौडेल र विद्यार्थी तुलसीराम भण्डारी, जुनु जिसी, सुरक्षा चौधरीसहित २६ जना विद्यार्थीले रक्तदान गरेको कलेजमा स्नातकोत्तर तह (एमविएस) मा अध्यनरत विद्यार्थी लेखमणि खत्री (लक्ष्मण) ले जानकारी दिए । रक्तदान कार्यक्रमका लागि भूमिका निर्वाह गरेका खत्रीले भविश्यमा पनि कलेजका तर्फबाट यस्ता सेवामुलक र रचनात्मक कार्य जारी राख्ने बताए ।
राप्ती बबई क्याम्पस तुलसीपुरका क्याम्पस प्रमुख गणेश पार्धेको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण क्याम्पसका शिक्षक शुशील पन्थीले गरेका थिए ।
