
Lnp
Pes
Sgr
Ses
Ggp
Unsku
pku
Rgp1
cjs
Srbpu
Djs
Pbu
Rgp
Gfs

Rgu
Asm
nsb
Sls
Ggd
Tsm
Rgs
Hal
Pvg
Rsb
Vor
Bbu
Rgu
Ssm
Wsp
Gst
Ksm
Sbs
Bbbpu

Pls
Rpp
Ptm
Bml
Gsb
bbt
Jmb
Mks
Syp
sab
Rmb
Jmb
Abd
दाङ । देउखुरीको राजपुर गाउँपालिका अन्तरगत वडा नम्बर ६,२,१ का वडा अध्यक्ष सहित २१ जना वडा सदस्य र कार्यपालिका सदस्यहरुले विभिन्न आरोप प्रत्यारोपमा बुझाएको ज्ञापनपत्रको कुनै सत्यता नरहेको गाउँपालिकाले बिहीबार एक विज्ञप्ती मार्फत गम्भीर ध्यानाकर्षण भएको जानकारी दिएको छ ।
सो गाउँपालिकामा बिगत ५ महिनादेखी कार्यपालिकाको बैठक बस्न नसकेको आरोप प्रती राजपुर गाउँपालिकाले गम्भीर ध्यानाकर्षण जनाएको हो । यही पौष ९ गते कार्यपालिका बैठकमा विभिन्न प्रस्ताप उपर छलफल भएको तर ज्ञापन पत्र बुझाउने कार्यपालिका सदस्यहरु बाटै दस्तखत नभएका कारण कार्यान्वयन हुन नसकेको गाउँपालिकाले जारी गरेको ध्यानाकर्षण पत्रमा उल्लेख रहेको छ ।
त्यस्तै कार्यपालिका बैठक बोलाउँदा ज्ञापन पत्र बुझाउने सदस्यहरु नै अनुपस्थित हुनु तथा उपस्थित भएर पनि दस्तखत नगर्नुले कार्यपालिका बैठक बिथोलिएको ध्यानाकर्षण पत्र मार्फत जनाईएको छ । कार्तिक महिना बाहेक भाद्र देखि निरन्तर बैठक बस्दै आईरहेको गाउँपालिकाले जनाएको छ । भाद्र ९ गते बैठक बसि विभिन्न निर्णय भएको र असोज १२ गते पनि विभिन्न निर्णय भएको छ भने मंसीर ८ गतेको बैठकमा ज्ञापनपत्र बुझाउने सदस्यहरु अनुपस्थितिका कारण स्थगित भएको हो । त्यसैगरी पौष ७ गते अनुपस्थित भएको र पुन: पौष ९ गते बोलाईएको बैठकमा ज्ञापन पत्र बुझाउने सदस्यहरु उपस्थित रहेपनी निर्णय उपर दस्तखत नगरेका कारण कार्यान्वयन हुन नसकेको गाउँपालिकाको ध्यानाकर्षण पत्रमा उल्लेख रहेको छ ।
यस्तै गाउँपालिकाको जेसिबि भएरपनि नाका क्षत्रमा बाटो सरसफाई नगरेको भन्ने आरोपमा पनि कुनै सत्यता नरहेको गाउँपालिकाको ध्यानाकर्षण पत्रमा रहेको छ ।गाउँपालिकाको तथ्याङ्क अनुसार जेसिबि गत साउन २ गतेदेखी नाका तथा खोला क्षत्रमा विभिन्न प्रायोजनमा ब्यस्त रहेको छ । तथ्याङ्क अनुसार साउन २ गते खाद्यान्न ढुवानी तथा बाटो सरसफाईका लागी गाउँपालिकाको जेसिबि खाँग्रानाका गएको थियो ।
त्यस्तै साउन ४ गते गुरुङखोलामा बाटो मर्मत,साउन ८ गते खाङ्ग्रा नाकामा खाद्यान्न ढुवानी तथा यातायात सुचारुका लागि,भाद्र १२ गते खाङ्ग्रा नाकामै बाटो सरसफाई तथा खाद्यान्न ढुवानी, १८ गते पटौली नाकामा बाटो सरसफाई तथा मर्मत, असोज ५ गते सुनपत्री नाकामा बाटो सरसफाई तथा मर्मत, २७ गते खाङ्ग्रा नाकामा बाटो सरसफाई र मर्मत,कार्तिक ४ गते सुनपत्री नाकामा बाटो मर्मत,२२ गते भैसाही नाकामा बाटो मर्मत तथा सरसफाई,मंसीर २० गते खाङ्ग्रा नाकामा बाटो मर्मत तथा सरसफाई,पुस ५ गतेदेखि भैसाही नाका, स्याउले नाका र भौवानाकामा गाउँपालिकाको जेसीबिले बाटो मर्मत तथा सरसफाई गरेको तथ्याङ्कमा उल्लेख रहेकोे छ । त्यसैगरी ज्ञापन पत्रमा उल्लेख अनुसार आर्थिक बर्ष २०७६/०७७ को योजनाको भुक्तानी रोकेको आरोप प्रती गम्भीर हुँदै गाउँपालिकाले ज्ञापनपत्र दाताहरुले नै निर्णयमा दस्तखत नगरेकै कारण कार्यान्वयन हुन नसकेको बताएको छ । पौष ९ गते बोलाईएको बैठकमा भुक्तानी एजेण्डा पेश भएको तर ज्ञापन पत्रदाताहरुले नै निर्णयमा दस्तखत नगरिदिँदा कार्यान्वयन हुन नसकेको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
त्यस्तै साधारण नमुना माध्यमिक बिद्यालय गँगदीको बिद्यालय ब्यबस्थापन समिति गठनका लागि कोभिड-१९ का कारण हाल भेला नगराउन गाउँपालिकाले पत्रचार गरेपनि त्यसको बेवास्ता गरि मनोमानी ढँगले विद्यालय व्यवस्थापन समिति गठन गरेको प्रती गाउँपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ । गाउँपालिकाका प्रतिनिधिको अनुपस्थितिमा सम्पुर्ण अभिभावकहरुलाई जानकारी नै नदिई समिति अभिभावकको उपस्थितिमा मात्र बिब्यस गठन गरिएको गाउँपालिकाले आरोप लगाएको छ । गाउँपालिकाले पुन: भेला गराई बिब्यस गठन गर्ने वा सोही बिब्यसलाई निरन्तरता दिने सम्बन्धमा निर्णय गरिनुपर्ने बताएको छ । साथै खरदरिया घाटबाट उत्खनन् गरेको केसी निर्माण सेवालाई बिक्रिबितरण तथा ओसारपसारका लागि पुर्णरुपमा रोक्का गरि पत्रचार गरिएको गाउँपालिकाले जनाएको छ ।
त्यसैगरी वडा नम्बर ५ को खेलमैदान क्षत्रमा जग्गा प्लटिङ्ग तथा बिक्रि बितरणमा गाउँपालिकाको कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ । बहुमत कार्यपालिका सदस्यहरुले नै विभिन्न बहानामा बैठकहरु बिथोलि रहेको आरोप लगाएको छ । सम्बन्धित निकाय सँग छिट्टै छलफल गरि कार्यपालिकाको बैठक तत्काल बोलाईने गाउँपालिकाका अध्यक्ष लोकराज केसीले जानकारी दिनु भयो ।
त्यस्तै गत १४ गते कार्यपालिका सदस्य हरुले गाउँपालिकाको कार्यप्रती असन्तुष्टी जनाउँदै आफ्ना माग सहित ज्ञापनपत्र बुझाएका थिए । जेसीबि नाका क्षत्रमा प्रयोगमा ल्याउनु पर्ने, सम्पन्न योजना रकम तत्काल निकासा गरिनुपर्ने, बिब्यसलाई कार्यान्वयन गराउनु पर्ने,खरदरिया घाटको राजस्व गाउँपालिकामा तत्काल जम्मा गरिनुपर्ने,सार्बजनिक जग्गालाई प्लटिङ गरिएको हुँदा तत्काल बन्द गरिनुपर्ने, तत्काल सार्बजनिक सुनुवाईको आयोजना गरिनुपर्ने, ५ महिनादेखी अस्तब्यस्त रहेको कार्यपालिका बैठक तत्काल बोलाउनु पर्ने, गढवा गाउँपालिका र राजपुर बिच भएको सिमा बिबाद तत्काल समाधान गरिनुपर्ने लगायतका माग सहित २१ जना कार्यपालिका सदस्यहरुद्वारा हस्ताक्षेरित ज्ञापन पत्र बुझाईएको थियो । उनिहरुले ५ दिन भित्रमा आफ्ना मागहरु पूरा नभए गाउँपालिकाको कार्यालयमा १९ गते तालाबन्दी लगाईने चेतावनी समेत दिएका छन् ।
