
Rg-9
Ssbus
Rus
Ppu
Gsbus
Asm
smb
jmb
gms
Bpb
Ddh
Sys
jms
sks

Gsb
Sbs
bml
Rys
Ln9
Usb
Gg5
Dps
bmj
Hl1
Ssb
Ln2
kbs
Ln7
Asm
cks
Gg1
Ln8
Ln1
Tsb

Gg2
Nps
ptl
Sml
Gjl
Gg4
Rss
Bpb
Jab
Rgu
Gg6
Gg3
Sbs
Jpb
Snk
Sab
Ksb
दाङ । तुलसीपुरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का २८ वर्षका सुदिप भनेर चिनिने बाबुराम चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा पछाडि सवार गम्भिर घाइते भएका चौधरीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि हिजो राती साढे १२ बजेतिर नर्सिङहोम नेपालगंज बाँके रिफर गरिएको थियो । बाँकेबाट बाबुरामलाई आफन्तीले आज विहान ८ बजेतिर घरतिर ल्याएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता विनोदराज खत्रीले जानकारी दिए ।
त्यस्तै बबुरामलाई आज बिहान आफन्तीले पुनः राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याएका थिए । डाक्टरले चेक जाँच गर्दा सवा १० बजेतिर चौधरीलाई मृत घोषणा गरेको प्रहरी प्रवक्ता खत्रीले जानकारी दिए । मृतकको शव अस्पतालमा राखिएको छ । स्कुटर चालक तुलसीपुर-६ का २८ वर्षका सुमन चौधरी गम्भिर घाइते भएको प्रहरी प्रवक्ता खत्रीले जानकारी दिए । घाइते सुमनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारको लागि हिजो साढे ९ बजेतिर नर्सिङहोम नेपालगंज बाँके रिफर गरिएको खत्रीले बताए ।
बिजौरीबाट भेलाहितर्फ जादै गरेको रा ८ प ३१७९ नंम्बरको स्कुटर हिजो साँझ साढे ८ बजेतिर तुलसीपुर- १६ राउतगाँउमा दुर्घटना भएको प्रहरी प्रवक्ता खत्रीले जानकारी दिए । स्कुटर प्रहरीले नियण्त्रणमा लिएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ
