
Pbu
Gmk
mbd
Ksm
Anm
Sds
gst
Mbdvs
Rbs
Gisld

Vor
Ssm
Rgu
Sls
nsb
Hal
Ggd
Pvg
Bbu
Gst
Wsp
Rgs
Ksm
Bbbpu
Asm
Rgu
Tsm
Rsb
Sbs

bbt
Bml
Gsb
Jmb
Rmb
sab
Ptm
Jmb
Mks
Pls
Rpp
Abd
Syp
दाङ । प्रज्वल स्मृती अध्ययन केन्द्र गढवाले आफ्नो बार्षिक सप्ताह ब्यापी कार्यक्रम अन्तरगत विभिन्न प्रतियोगिताहरुको आयोजना गरेको छ ।
केन्द्रले नृत्य,क्रिकेट र कराँते गरि तीन बिधामा प्रतियोगिता आयोजना गरेको छ । जसमध्य नृत्यमा १० समुहले सहभागी जनाएका छन् । त्यस्तै क्रिकेट र कराँतेमा समान ९/९ टिमले सहभागी जनाएका छन् ।
जस अन्तरगत १४ र १५ गते क्रिकेट प्रतियोगिताको प्रतिष्प्रधा भएको छ । त्यस्तै १६ गतेदेखी कराँते र १७ गतेदेखी नृत्य प्रतियोगिता हुने प्रज्वल स्मृती अध्ययन केन्द्रका सदस्य तथा सप्ताह ब्यापी कार्यक्रम २०७७ का सँयोजक गोबिन्द ओलीले जानकारी दिनु भएको हो । १९ गते सबै प्रतियोगिताको फाईनल प्रतियोगिता हुँदै २० गते बार्षिक सप्ताह कार्यक्रमको समापन गरिनेछ । प्रज्वल शर्माको स्मृतीमा सञ्चालित प्रज्वल स्मृती अध्ययन केन्द्रले प्रत्यक बर्ष सप्ताह कार्यक्रम अन्तरगत बिभिन्न प्रतियोगिताको आयोजना गर्दै आईरहेको छ ।
केन्द्रका अध्यक्ष मधुसुदन ओलीको अध्यक्षता, लुम्बिनी कर्णाली प्रादेशिक क्रिकेट संघका सदस्य तथा दाङ जिल्ला क्रिकेट संघका पुर्ब अध्यक्ष किशोर चन्द्र गौतमको प्रमुख आतिथ्य एबम् अध्ययन केन्द्रका सँरक्षक प्रदिप राज शर्माको विशिष्ट आतिथ्यमा प्रतियोगिताको उद्घाटन गरिएको हो । कार्यक्रममा दाङ क्रिकेट संघका उपाध्यक्ष किशोर कुमार घर्ती मगर, पत्रकार शिबराज खनाल,केन्द्रका सदस्य गोबिन्द ओली लगायतका बक्ताले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
फुर्सदिलो समयमा मानसिक्ता बिचल्लित हुनसक्ने र मानसिक्तालाई केन्द्रित गर्नका लागी प्रज्वलको स्मृतीमा प्रतियोगिताको आयोजना गरिएको केन्द्रका सँरक्षक प्रदिपराज शर्माले जानकारी दिनु भयो ।
