
smb
Sys
Ppu
gms
Ssbus
jms
Gsbus

Dps
Hl1
Gsb
Ln9
Ln7
Usb
Rys
kbs
Asm
bmj
bml
Ssb
Gg1
Sbs
Ln8
Ln3
Tsb
Gg5
Ln1
Ln2

Gg4
Nps
ptl
Jpb
Jab
Rgu
Sml
Bpb
Gg3
Gjl
Rss
Snk
Gg2
Ksb
Gg6
Sbs
Sab
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँमा रहेको जीवन दृष्टि पुर्नस्थापना केन्द्र (सुधार केन्द्र)ले शनिबार सिसहनियाँ बजार सरसफाइ गरेको छ ।
वर्ष भरिको ५२ हप्तामा गरिने सरसफाइ कार्यक्रम अन्तरगत केन्द्रले सिसहनियाँ बजार लगायत उक्त बजार क्षेत्रमा पर्ने चोक तथा गल्लीहरुमा रहेको विभिन्न प्लास्टिकजन्य विभिन्न फोहरहरु संकलन गरेर सरसफाइ गरेको हो ।
पुष ६ गतेदेखि सुरु भएको चौथो हप्ताको सरसफाइ कार्यक्रम सिसहनियाँ बजारको क्षेत्र भित्र सरसफाइ गरिएको केन्द्रका संचालक भुमिराज नेपालले सिधा-पत्र डटकमलाई जानकारी दिए । उनले वर्ष भरिको बाउन्न नै हप्ता राप्ती गाउँपालिका भित्रमा सरसफाइ कार्य गर्दै आएको बताए । अहिले उक्त सुधार केन्द्रमा ४० जना उपचार्थीहरु रहेकोे संचालक नेपालले जानकारी दिए ।
त्यस्तै संचालक नेपालले अहिले सिसहनियाँमा सिसहनियाँ महोत्सव संचालन रहेकोेले उक्त महोत्सवलाई मध्यनजर गर्दै केन्द्रले सरसफाइ कार्य गरेको जानकारी दिए ।
