Sidha Patra शुक्रबार, पुष २६, २०८१

दाङ । रोल्पाको माडी गाँउपालिका वडा नम्बर –१ भिताबाङबाट सुन्तला लिएर दाङ तुलसीपुर जाँदै गरेको गाडी त्रिवेणी गाउँपालिका–४ मथुरापानी भन्ने स्थानमा दुर्घटना भएको छ ।

त्यस्तै दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने गाडीमा सवार तीन जना गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा गाडी चालक माडी गाउँपालिका–१ भिताबाङ निवासी वर्ष २० का हुकुमबहादुर घर्ती रहेको बताइएको छ ।

यस्तै घाइते तीन जनाको पहिचान नभएपनि उनीहरु राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हेरेर घर फर्कन लागेका त्रिवेणी गाउँपालिका–४ का विद्यार्थीहरु रहेको बताइएको छ । घाइतेहरुको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ । घाइतेहरुलाई उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङ पठाइएको प्रहरीले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]