सागर रोका क्षेत्री शुक्रबार, पुष २६, २०८१

दाङ । बसको ठक्करबाट मृत्यु भएकी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर –५ की ३९ बर्षीया तिर्सना घर्ती मगरको मृत्यु पछि उत्पन्न तनाब पछि भएको दोस्रो पटकको वार्ता सहमतिमा टुँगिएको छ ।

मृतकको परिवारलाई क्षतिपुर्ती बाफ अतिरिक्त दुई लाख दिने र उनकी छोरीलाई कक्षा १२ सम्म पढाउने जिम्मा त्रिशिद्धेश्वरी यातायात प्रा.लिले जिम्मा लिएपछि मात्रै वार्तामा सहमति कायम भएको हो । बुधबार दिउँसो पौने २ बजेतिर तुलसीपुर बजारबाट बसपार्क जादै गरेको लुम्बनी प्रदेश ०२००१ ख ००४४ नम्बरको बसको ठक्करबाट तिर्सना घर्ती मगरको मृत्यु भएको थियो । पैदल हिडिरहेकी मगरलाई बाटो पार गर्दै गर्दा बसले ठक्कर दिएको थियो ।

यस्तै सहमति अनुसार मृतक तिर्सना घर्ती मगरका दुई सन्तान मध्य हाल कक्षा ८ मा पढ्दै आएकी मृतककी छोरीलाई कक्षा १२ सम्म प्रा.लिले पढाउने जिम्मा लिएपछि कुरा मिलेको हो । दिउँसो २ बजेदेखि पर्दशनमा उत्रिएकाहरुलाई अपरान्ह ४ बजेपछि प्रहरीले सम्झाइ बुझाइ गरि फेरि वार्तामा बस्न सहमति गराएको थियो ।

त्यस्तै गरेर इप्रका तुलसीपुरमा फेरि छलफल भएको थियो । दुर्घटना लगतै बस चालक तुलसीपुर – ६ का ४२ बर्षीय खिमराज वलीलाई भने प्रहरी नियनन्त्रणमा लिइ सकेको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]