
Rksr-7
Usbl-7
Jsbg-7
Gsbr-6
Jsbr-3
Msbg-2
Csbg-7
ksbl-7
Pbu
Gsbg-3


दाङ । सिसहनियाँ उद्योग बाणिज्य संघको आयोजनामा बिहिवाारदेखि देउखुरीको सिसहनियामा तामझामका साथ दोश्रो औद्योगिक तथा कृषि ब्यापार महोत्सव सुरु भएको छ ।
कृषि ब्यापार साँस्कृतिक सम्पदा हाम्रो पहिचान, स्वच्छ शुन्दर र समृद्ध सिसहनिया हाम्रो अभियान भन्ने मूल नाराका साथ सुरु भएको ब्यापार महोत्सवको उद्घाटन लुम्बिनी प्रदेश सरकारका उद्योग पर्यछन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपानेले गरेका हुन् ।
कार्यक्रमलाई संबोधन गर्दै मन्त्री न्यौपानेले मेला महोत्सवहरुले स्थानीय कृषि उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताए । दाङ,देउखुरीमा पर्यटन बिकासको प्रसस्तै संभावना रहेकोले जिल्लामा रहेका राप्ती र बवई नदी तथा धार्मिक र पर्यटकीय स्थलहरुको बिकासको माध्यमबाट पर्यटन बिकास गर्न प्रदेशले बिशेष योजना बनाउने बताए । देशमा बिद्यमान आर्थिक तरलताका कारण उद्योग ब्यवसायहरु संचालनमा जटिल स्थिति उत्पन्न भएको र ब्यवसायीहरु दोहोरो तेहेरो करको मारमा परेको उनले बताए ।
सरकारले रुग्ण र वन्द भएका उद्योगहरुको पहिचान गरि तिनिहरुलाई स्थापित गर्न र उद्योगि ब्यवसायीहरुलाई प्रोत्साहन गर्ने खालका कार्यक्रम बनाउने र पर्यटन तथा औद्योगिक बिकासलाई प्रवर्धन गर्दै बढ्दो बिदेश पलायनलाई रोक्नुपर्ने बेला आएको मन्त्री न्यौपानेले बताए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष नित्यानन्द शर्मा,नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष बालाकृष्ण सुवेदी, राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलापति चौधरी, राप्ती उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष जगत प्रसाद पोखे्रल,गढवा उद्योग बाणिज्य संघका अध्यक्ष ओंम प्रकाश बसेल,राप्ती उद्योग बाणिज्य संघका अध्यक्ष सुरज खड्का,देउखुरी उद्योग बाणिज्य संघका उपाध्यक्ष केशव घिमिरे,राप्ती चेम्बर अफ कमर्सका अध्यक्ष नेमलाल बेल्वासे लगायतले महोत्सव सफलताको शुभकामना दिएका थिए ।
महोत्सव पौष २५ देखि सुरु भएको र माघ ७ गते सम्म सञ्चालन गरिने आयोजकले जनाएको छ । संघका उपाध्यक्ष युवराज सेन ठकूरीको स्वागत मन्तब्यबाट सुरु भएको महोत्सव उद्घाटन समारोहको सञ्चालन बरिष्ठ उपाध्यक्ष ईश्वरी प्रसाद अधिकारीले गरेका थिए। महोत्सव सुरु हुनु अघि स्थानीय भेषभुषा झल्कीने झाँकीहरु सहित बिभिन्न संघ संस्था र बिद्यालयका बिद्यार्थीहरुको शोभायात्राले सिसहनियाँ बजार परिक्रमा गरेको थियो ।

