
Ggp
Sgr
Unsku
Rgp
Pbu
Rgp1
pku
Srbpu
Lnp

nsb
Gst
Asm
Wsp
Rsb
Ksm
Ggd
Rgu
Vor
Sls
Sbs
Hal
Rgs
Rgu
Ssm
Pvg
Tsm
Bbbpu
Bbu

bbt
Pls
Abd
Rmb
Bml
Mks
Syp
Jmb
sab
Jmb
Ptm
Rpp
Gsb
बर्दिया । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन बहुउद्देश्यीय आयोजनाकाे कामलाई गति प्रदान गर्ने बारेमा आयाेजना कार्यान्वयन सम्बद्ध पक्षसंग छलफल गरेका छन् ।
भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजना साइड कार्यालय हात्तिखाल सुर्खेतमा शुक्रबार छलफल गरेका मुख्यमन्त्री आचार्यले आयाेजनाकाे कामलाई गति प्रदान गर्न आवश्यक रहेकाे र त्यस तर्फ जुट्न ध्यानाकर्षण गराएका छन् ।`आयाेजनाकाे काम अलि सुस्ताएकाे छ । कामलाई गति प्रदान गर्नुस । छिटाे काम अघि बढ्छ कि भन्ने थियाे तर, काममा बिलम्ब भयाे´उनले भने` रिजल्ट छिटाे दिनेगरी काम सम्पन्न गर्नुपर्ने छ ।´
त्यस्तै लुम्बिनी प्रदेशकाे कृषि, उर्जा र खानेपानी क्षेत्रकाे विकासमा महत्त्वपूर्ण याेगदान पुर्याउने आशा गरिएको बताए । आयाेजनाकाे काम सञ्चालन गर्दा मानव बस्ती सुरक्षीत हुनेगरी गर्नुपर्ने बताउदै उहाँले नदि कटान र विपद जाेखिम न्यूनिकरण गरेर काम गर्न अनुराेध गरे ।`स्थानीयहरु संग भएका सम्झौता कार्यान्वयन भएको छैन । त्यसलाई ध्यान दिनुस, सम्झौता अनिवार्य कार्यान्वयन गरिनुपर्छ´उनले भने -`बस्तिलाइ सुरक्षीत गर्न जरुरी छ । अनिवार्य नदिकाे दुबै किनारमा तटबन्ध गर्नेगरी याेजना अघि बढाउनुस ।´ आयाेजना कार्यालयसंग छलफल गर्नु अघि मुख्यमन्त्री आचार्यले बासगढी नगरपालिका-१ चेपाङ बर्दियाका स्थानीय संग भेट गरेका थिए ।
अवकाे २ बर्ष भित्र भेरी नदिकाे पानी बबई नदिमा झारेर सिंचाइ, विद्युत उत्पादन सुरु हुनेगरी काम भइरहेकाे आयाेजनाका निर्देशक रणबहादुर बमले जानकारी दिए । बहुउद्देश्यीय आयाेजनाकाे ६५.८ प्रतिशत भाैतिक प्रगति गरेकाे, जस अन्तरगत टनेल निर्माण कार्य सम्पन्न भएको, सिभिल निर्माण कार्यकाे भाैतिक प्रगति ५५ प्रतिशत, इलेक्ट्राेमेकानिकल प्रगति ३० प्रतिशत सम्पन्न भएको जानकारी दिइएको छ ।
हाइड्रोमेकानिकलकाे भाैतिक प्रगति ३९ प्रतिशत र प्रशारणलाइनकाे भाैतिक प्रगति ५ प्रतिशत भएको छ । भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन बहुउद्देश्यीय आयोजना राष्ट्रिय गौरवका आयोजना हो । बाँके र बर्दिया जिल्लाको ५१ हजार हेक्टर भूमिमा बाह्रै महिना सिंचाइ सुविधा उपलब्ध गराउने र ४६.८ मेगावाट जलबिद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ ।
त्यस्तै १२ महिना सिंचाइ र विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ । आर्थिक बर्ष २०६८\६९ बाट भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजना अघि बढेको थियाे । भेरीको पानी बबईमा खसालेर बाँके र बर्दियाको ५१ हजार हेक्टर जमीनमा सिँचाइ सुविधा पुर्याउनुका साथै ४६.८ मेगावाट विद्युत् उत्पादन गर्ने छ । सिँचाइ विभागद्वारा संशोधित गुरुयोजनाअनुसार टनेल निर्माण,बाँध,विद्युतगृह,हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकल लगायत काम सम्पन्न गर्न ३३ अर्ब १९ करोड खर्च हुने प्रक्षेपण छ । भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनामा नेपालमा पहिलोपटक प्रयोग गरिएको टनेल बोरिङ मेसिन (टिबिएम) को सफल परीक्षण भएको छ । सुरुङको लम्बाइ १२ किलोमिटरको छ ।
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माणको २०७६ बैशाख ३ गते‘ब्रेक थ्रु गरिएको थियाे । चीनको सीआइसी र चाइना इञ्जिनियरिङ ओभरसिज प्रालि (कोभेक)को संयुक्त निर्माणमा बनि रहेको छ ।
